Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

भूकम्पमा घाइते नुवाकोटका कृष्णहरी ३ वर्षदेखि अर्धचेत, छोरा उठ्ने आशामा बुवा (भिडियो)

२०७५, २६ मंसिर बुधबार १०:४९

मङ्सिर २६, भक्तपुर । २०७२ सालको विनाशकारी भूकम्पमा परी नुवाकोटका कृष्ण हरी पुडासैनी गम्भीर घाइते भए । उनी देख्न सक्छन्, स्वाश फेर्छन् तर न बोल्न सक्छन् न चल्मलाउन नै । उनी एकटकले हेरीमात्र रहन्छन्। चिकित्सकका अनुसार उनी तिन वर्ष देखि अचेत अवस्थामा छन् अर्थात उनको स्वास्थ्य स्थिति स्थिर छ ।

कृष्णहरी ट्रेकिंग गाइडको रुपमा काम गर्थे । सोहि क्रममा उनले पर्यटकलाई घुमाउन पर्यटकीय स्थल लाग्दा अचानक भूकम्प गयो। उनि एक कुनामा बसिरहे । त्यहाँबाट निस्किन सकेनन्। उनलाई पहिरोको ढिस्कोले पुर्यो । केहि दिनको समय पछि उनलाई हेलिकप्टर मार्फत उद्दार गरिएको थियो । उद्दार गरेर उनलाई सधै अस्पताल लगियो । अहिलेसम्म पनि उनी उपचाररत नै छन्।

तीन वर्षदेखि नै कृष्णहरीका बुबा छोराको कुरुवा भएर बसेका छन् । उनको मनमा पीडा छ, आँखामा आँशु । छोराको अर्धचेत अवस्थाले उनको मुटु भक्कानिन्छ । उनी आफुले आफुलाई सम्हाल्न नै सक्दैनन्। घरमा उनको श्रीमती, छोरा र बुहारी नि नातिनी छन्। उनको भनाई अनुसार उनीहरुलाई भेट्न देख्न नपाएको उनले ठ्याक्कै ३५ महिना भयो । सम्झना आएको बेला फोनमा कुराकानी गर्छन्।

सरकारले कृष्णहरीको परिवारलाई आवास निर्माणको लागि पहिलो किस्तास्वरुप ५० हजार रुपैयाँ दियो । तर उनले घर बनाएनन्, उक्त पैसा छोराको उपचारमा खर्चिए । भूकम्पको तीन वर्षपछि कृष्णहरीको उपचारका लागि स्वास्थ्य मन्त्रालयबाट ५० हजार रुपैयाँ निकासा भयो । उक्त रकम पनि उपचारमा नै सकियो । तर, न कृष्णहरीको स्वास्थ्यमा सुधार आयो, न घर नै बन्यो ।

भूकम्पका बेला कृष्णहरी पथ प्रदर्शकको काम गर्थे । कामको सिलसिलामा रसुवाको लाङटाङ पुगेका बेला भूकम्पमा परी उनी घाइते भएका हुन् । कृष्णहरी मात्रै होइनन्, बालुवाटारस्थित नेपाल हेल्थ इक्युपमेन्ट डेभलपमेन्ट फाउन्डेसन (एनएचइडिएफ)द्वारा सञ्चालित सोसियल मेडिकल सेन्टरको आश्रयमा यस्ता थुप्रै घाइते छन् ।

भूकम्पमा परी घाइते भएका मात्रै होइनन्, यो आश्रयस्थलमा सडक दुर्घटना, वैदेशिक रोजगारीका सिलसिलामा घाइते भएका, आगोमा जलेका र विभिन्न रोगका कारण अपांग भएका २० जना गम्भीर घाइतेले आश्रय लिइरहेका छन् । र, घाइतेलाई स्वास्थ्यकर्मीको निगरानीमा राखिएको छ । उपचारका लागि सरकारी सहयोगका लागि फान्डेसले पहल गरे पनि सफल भएको छैन ।

भूकम्पको तीन वर्षसम्म पनि घाइतेको अवस्था जर्जर हुनुले राज्यस्तरको कमजोरीलाई प्रष्ट पार्छ । उपचारका लागि सरकारी सहयोग नपाएकोप्रति घाइते र आफन्तको दुखेसो छ। जर्जर दैनिकी विताइरहेका उनीहरुलाई सरकारी सहयोगको आश भने अझै मरेको छैन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश