Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सप्तरीमा महिलामाथि अभद्र व्यवहार गर्ने तीन पक्राउ

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>पुस ६, सप्तरी | सप्तरीमा ५१ वर्षीया महिलालाई अमानवीय व्यवहार गरेको आरोपमा एक महिलासहित तीन जना पक्राउ परेका छन् । शनिबार राति पीडितको कपाल मुडेर जुत्ताको माला लगाई अमानवीय व्यवहार गरेको आरोपमा प्रहरीले खड्ग नगरपालिका–२ का ५५ वर्षीय रूपनारायण राम, ३५ वर्षीया अहिल्यादेवी राम र १८ वर्षीय सुनील रामलाई पक्राउ गरेको जनाएको छ ।&nbsp;<br></p><p>चरित्रहीनको झूठो आरोप लगाई कपाल काटेर जुत्ताको माला लगाई अत्यन्तै अमानवीय व्यवहार गरेको पीडितले दुखेसो पोखिन् । इलाका प्रहरी कार्यालय कडरबोनाले अभद्र व्यवहार गरेको आरोपमा आरोपितलाई पक्राउ गरी कारवाही शुरु गरेको प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले बताउनुभयो । रासस</p>