१ माघ २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

एघार वर्षपछि नवदुर्गा नाच प्रदर्शन शुरु

८ पुष २०७५, आईतवार ०८:०३

 पुस ८, भक्तपुर (रासस) |  मध्यपुरथिमि नगरपालिकामा ११ वर्षदेखि बन्द भएको नवदुर्गा नाच प्रदर्शन यस वर्षदेखि शुरु भएको छ । भक्तपुरको धार्मिक र सांस्कृतिक महत्व बोकेको नवदुर्गा नाच प्रदर्शन मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठको पहलमा ११ वर्षपछि यस वर्षबाट शुरु भएको हो । 

दश वर्षअघि मध्यपुरका केही स्थानीयवासीले मदिरा सेवन गरी देवगणमाथि अभद्र व्यवहार गरेको भन्दै सुरक्षाको कारण देखाउँदै फर्किएको देवगणले पुनः नाच प्रदर्शन गरेका थिएनन् । यसवर्ष मध्यपुरथिमि नगरपालिकाका प्रमुख श्रेष्ठले नवदुर्गा नाचको सुरक्षा र आवश्यक खर्चलगायतको सहयोग गर्ने प्रतिबद्धता जनाएपछि योमरी पूर्णिमाको दिन साँझदेखि नवदुर्गा नाच प्रदर्शन शुरु भएको हो । 

नगरपालिकाका प्रमुख श्रेष्ठले भन्नुभयो, “नगरपालिकाले मध्यपुर थिमिको कला, संस्कृति र सांस्कृतिक पर्व जोगाउन बजेट नै विनियोजन गरेर अगाडि बढेको छ, वर्षौदेखि मध्यपुरमा प्रदर्शन हँुदै आएको नवदुर्गा नाच पनि सांस्कृतिक धरोहर नै हो, यो रोकिएका कारण नगरपालिकाकै पहलमा आवश्यक सहयोग र खर्च व्यहोर्ने भएपछि नाच सञ्चालनमा आयो ।” 

नगरपालिकाका प्रमुख श्रेष्ठ सहितका जनप्रतिनिधिले नाच प्रदर्शन गर्न आग्रह गरेपछि सुरक्षाको व्यवस्था गर्न र आवश्यक खर्च व्यहोर्न माग गरी मध्यपुरथिमिका प्रमुख मदनसुन्दर श्रेष्ठ र वडा नं ४ का अध्यक्ष कुमार श्रेष्ठसँग दुईबुँदे सहमति भएपछि यस वर्षदेखि नवदुर्गा नाच प्रदर्शन गर्न सञ्चालनमा आएको हो । 

मध्यपुरथिमि नगरपालिकामा एक सातासम्म सञ्चालन हुने यो नाच पहिलो दिन हिजो साँझ दिगुटोलबाट शुरु भएर बालकुमारी गएर बालकुमारी सत्तलमा गएर बसेको छ । 

आज बिहानैदेखि बालकुमारीमा नवदुर्गाको पूजा अर्थात द्यो बोयकेगु गर्न स्थानीय बासिन्दाको बालकुमारीमा घुइँचो लागेको छ । आज साँझ लायकु, जाने नवदुर्गा एक सातासम्म दथुटोल, मरुटोल, वामुने, ताचो, तछुटोल, पोवु, चपाचो, नगदेश, बोडे, सूर्यविनायकको दधिकोट, गाम्चासम्म प्रदर्शन हुने गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘माघे संक्रान्ति धार्मिक,सांस्कृतिक, र प्राकृतिक दृष्टिकोणले महत्वपूर्ण पर्व’ चालु आर्थिक वर्षको ६ महिनामा उठ्यो ५ खर्ब ५९ अर्ब राजस्व २०८१ को एसईई परीक्षाको समयतालिका सार्वजनिक, यस्तो छ रुटिन प्रधानमन्त्री केपी शर्मा ओलीले दिए माघे संक्रान्तिको शुभकामना आज देशभर माघे सङ्क्रान्ति पर्व मनाउँदै मंगलबार अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना जब भारतीय विदेशमन्त्रीले आरजुलाई सोधे: नेपालमा आएर कसैले मान्छे मारेको भए मिटिङ हुन्थ्यो? रवि फेरी हिरासतमा: अदालतअघि प्रधानमन्त्रीविरुद्ध उत्तेजक नाराबाजी मन्त्रिपरिषद्ले के-के गर्‍यो निर्णय ? सुत्केरी भएकी महिलालाई ६ महिनासम्म मासिक ४ हजार आजपनि सकिएन थुनछेक बहस, रवि लामिछानेलाई हिरासतमै पठाउन आदेश विश्वकप अघिको अभ्यास खेलमा वेस्ट इन्डिजसँग नेपाल पराजित परराष्ट्रमन्त्री राणालाई प्रश्नः नेपाली राहदानी विश्वमै कमजोर हुनुमा दोषी को हो? शेयर बजार लगातार ओरालो, कारोबार कति ? मिर्गौला फेल हुनुभन्दा पहिले पिसाबले दिन्छ यस्ता संकेत स्वर्णलक्ष्मी सहकारी ठगि प्रकरण: सरकारी वकिलको बहस सकियो आमनागरिक र समुदायलाई चिनेको बुझेको सरकार नै स्थानीय सरकार होः उपप्रमुख डंगोल ‘दल फुटाउने र मिलाउने काम मेरो होइन, त्यस्तो अध्यादेश आउँदैन’: प्रधानमन्त्री ओली लस एन्जलस क्षेत्रमा आगलागी: उक्त क्षेत्रका नेपालीहरूको के छ अवस्था?