पढ्न करिब 1 मिनेट लाग्छ
<p>पुस ११, राजविराज | सप्तरी तिलाठी कोइलाडी गाउँपालिका–२ मा जेसिवीको ठक्करबाट आज एक व्यक्तिको मृत्यु भएको छ । <br></p><p>नम्बर नखुलेको जेसिबीको ठक्करबाट गम्भीर घाइते भएका सोही गाउँपालिका–२ बस्ने ४५ वर्षीय नारायण खङको मृत्यु भएको प्रहरी उपरीक्षक राजेन्द्र बिष्टले बताउनुभयो । नोबेल अस्पताल विराटनगरमा उपचारका क्रममा आज मृत्यु भएको उहाँले जानकारी दिनुभयो । फरार जेसिबी चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ । </p>

