Skip to content
Friday, July 17, 2026 Nepali Online Media
December 31, 2018 बारा - BR, समाज

बाराको तेलकुवावासीमा सोलार पम्पले ल्यायो यस्तो परिवर्तन

By kit 7 मिनेट पढाइ

पढ्न करिब 3 मिनेट लाग्छ
प्रकाशित:

तिर्थ भट्टराई पुस १६, तेलकुवा  (रासस) |  बारा जिल्लाको महागढीमाई नगरपालिका–७ तेलकुवाका किसानलाई केही वर्ष अगाडिसम्म पनि खान लाउन, छोराछोरी पढाउन र औषधि उपचार गर्न धौधौ थियो । तर दुईवर्ष अगाडि एउटा नयाँ प्रविधि आएपछि भने स्थिति फेरिएको छ । उनीहरु खाइलाई गरेर, छोराछोरी पढाउने तथा औषधि उपचार गरेर पनि दुई चार पैसा बचत गर्नसक्ने भएका छन् ।

पहिले यस गाउँमा सिँचाइको सुविधा नभएकाले परम्परागत रुपमा धान मकै, गहुँ, उखुको मात्र खेती गर्दथे । तरकारी खेती हुँदैन भनेर खेती गर्दैनथे र कलैयाबाट विषादीयुक्त तरकारी खरीद गरेर ल्याइखान्थे, विषादीका कारण बिरामी पर्दथे र उल्टै औषधि उपचारमा धेरै रकम खर्च गर्नुपर्ने बाध्यता थियो ।

उनीहरु साग खाँदैनथे, त्यसैले सागको खेती पनि गर्दैनथे । यहाँका स्थानीयवासीमा साग खाने मानिस तल्लो स्तरको हो र इज्जतदार मानिसले साग खाँदैनन् भन्ने मान्यता थियो । कसैले खेती गरिहाले पनि सिँचाइ अभावमा राम्रो नहुने हुनाले यहाँ तरकारी खेती नै हुदैन भन्ने बुझाइ थियो ।

दुई वर्ष अगाडि संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी) को सहयोगमा तेलकुवा कृषि कम्पनी स्थापना गरी कम्पनीमार्फत नयाँ प्रविधिको सोलार पम्प जडान गरेपछि भने यहाँका किसानको अवस्था फेरियो । पहिले परम्परागत डिजेल पम्पबाट पानी तानेर खेती गर्न किसानहरु त्यति अग्रसर हुदैन |

डिजेल पम्पबाट सिँचाइ गर्न महँगो पर्दथ्यो अर्थात् दिनको रु २०० तिर्नु पर्दथ्यो । विद्युत् भए पनि अनियमित हुन्थ्यो । त्यसैले सहज नहुने तथा फाइदा नहुने भनेर तरकारी खेती नै गरिँदैनथ्यो ।

सोलार पम्प जडान गरेपछि भने समूहमा आवद्ध भएका किसानलाई निःशुल्क र समूह बाहिरका सदस्यलाई दिनको रु ५० देखि रु ७५ सम्ममा पम्पबाट सिँचाइ सुविधा उपलब्ध गराइयो । यस कम्पनीबाट एक ठाउँमा सोलारबाट पम्प चलाइन्छ भने पम्प गरिएको पानी पाइपबाट सम्बन्धित किसानका खेतमा पुर्याइन्छ ।

यस पम्पले गर्दा स्थानीय किसान (समूह बाहिरका) लाई सिँचाइवापत चार गुणा कम खर्च पर्न जाने भयो । यसका साथै सोलार पम्प भएकाले डिजेल किन्नुपर्ने र डिजेलको हानिकारक धुवाँमा काम गर्नुपर्ने बाध्यता हटेर वातावरण पनि सफा हुन थाल्यो । यसबाट स्वच्छ वातावरणमा काम गर्न पाइने हुनाले किसान आकर्षित भई लाभान्वित हुन थाले । कम्पनीले ‘एक घर एक करेला’ नाराका साथ तरकारी खेती अभियान नै शुरु गरेको थियो ।

किसानलाई घरमा एक तीतेकरेलाको बोट लगाएर महीनामा तरकारीमा हुने रु ४०० खर्च र वर्षमा विषादीयुक्त तरकारी खाँदा हुने रु १० हजार बराबरको औषधि खर्च बचाउनोस् भनेर अभियान चलाएको बताउनुहुन्छ तेलकुवा कुषि कम्पनीका प्रबन्ध निर्देशक अरविन्द शाह । उहाँ भन्नुहुन्छ, “यहाँ तरकारी खेती हुँदैन, सप्रँदैन भनेर परम्परादेखि नै तरकारी खेती हुँदैनथ्यो, कलैया बजार गएर तरकारी किनेर ल्याई खाइन्थ्यो । तर यो प्रविधि प्रयोग गरेपछि भने किसान तरकारी खेती गर्न थाले र आफूले खाएर पनि बचत गर्न पनि पुग्नेभयो ।”

अहिले यहाँ कम्पनीबाट समूहमा आवद्घ किसानको जम्मा ३० कट्ठा जग्गामा तरकारी खेती भइरहेको छ भने १० कट्ठामा खुर्सानी मात्र खेती हुन्छ । उत्पादनबाट नाफा भएन भनेपनि जग्गा वापत एक कट्ठाको भाडावापत वार्षिक रु ३ हजार दिइन्छ । हाल यहाँ मुला, गोलभेँडा, खुर्सानी आदि खेती भइरहेको छ ।

स्थानीय किसान शीवरतन पंणित आफूले पनि १० धुर जग्गामा तरकारी खेती गरी आफूले खाएर पनि वर्षको रु २० हजार फाइदा हुने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘‘पहिले साग खानु तल्लो स्तरको मानिने हुनाले कसैले खाँदैनथे, साग खाउ फाइदा हुन्छ भनेर सम्झाउनु पथ्र्यो । अहिले त सबैले साग लगायत तर्कारी खेती गर्छन् । सोलार पम्पले सिँचाइ गर्न सजिलो भएको छ, उत्पादन पनि राम्रो हुन्छ ।’’