2026-09-19 05:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिन्धुपाल्चोकमा राष्ट्रपति भण्डारीद्वारा राष्ट्रिय जलवायु सम्मेलन २०७५ को उद्घाटन

 पुस १६, सिन्धुपाल्चोक (रासस) |  राष्ट्रपति विद्यादेवी भण्डारीले अब विद्यालय र कलेजको पाठ्यक्रममा जलवायु परिवर्तन र यसको अनुकूलनका विषय समावेश गर्नुपर्ने बताउनुभएको छ । 

जिल्ला समन्वय समिति (जिसस) महासङ्घको आयोजना र जिसस सिन्धुपाल्चोकको मुख्य व्यवस्थापनमा आजदेखि सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–९, ज्यामिरे गुफाडाँडामा शुरु भएको ‘राष्ट्रिय जलवायु सम्मेलन–२०७५’ को उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले सो धारणा राख्नुभएको हो । 

उहाँले जलवायु परिवर्तनबाट सिर्जित समस्याको बारेमा नेपालले अन्तर्राष्ट्रिय मञ्चहरुमा प्रष्ट बोलिसकेको भन्दै प्राकृतिक सम्पदा उपयोग गर्दा प्रकृति र संस्कृति जोगाउनुपर्नेमा जोड दिनुभयो । 

सम्मेलनको उद्घाटन सत्रमा वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, प्रदेश नं–३ का सामाजिक विकासमन्त्री युवराज दुलाल, उद्योगमन्त्री अरुण नेपाल, पूर्वमन्त्रीद्वय अग्नि सापकोटा र शेरबहादुर तामाङ, मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्याल, सम्मेलन मूल व्यवस्थापन समितिका संयोजक कृष्णगोपाल तामाङलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

‘स्वच्छ नेपाल, स्वस्थ नेपाली’ भन्ने नाराका साथ शुरु भएको सम्मेलन भोलि मङ्गलबारसम्म चल्नेछ । सम्मेलनमा देशका ७७ वटै जिल्लाका प्रमुख, उपप्रमुखसहित एक जिल्लाबाट तीन जनाका दरले सहभागी रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई