Skip to content
Friday, July 17, 2026 Nepali Online Media
December 31, 2018 पर्सा - PRS, समाज

५० लाखभन्दा बढी मुल्यको चरेशसहित ट्रक चालक पक्राउ

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>पुस १६, पर्सा । पचास लाखभन्दा बढी मूल्यको प्रतिबन्धित लागुऔषध चरेससहित पक्राउ परेका २९ वर्षीय एक युवकलाई जिल्ला प्रहरीले सार्वजनिक गरेको छ ।&nbsp;<br></p><p>मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नं १२ पदमपोखरी निवासी ट्रक चालक सागर वललाई वीरगञ्ज महानगरपालिकाको वडा नं ३१ बेलवाबाट एकसय साठी किलो चरेशसहित पक्राउ गरिएको प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिनुभयो ।&nbsp;</p><p>निजले ना४ख २९८५ नंको ट्रकमा चरेश लुकाइ मकवानपुरबाट वीरगञ्जतर्फ आउँदै गरेको पूर्वसूचनाका आधारमा खोजतलास गर्दा उक्त परिमाणको चरेश बरामद भएपछि ट्रकसहित उनलाई नियन्त्रणमा लिइ थप अनुसन्धान थालिएको बताउनुभयो ।&nbsp;</p>