2026-09-19 05:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

जलवायु सम्मेलनसँगै गुफाडाँडालाई पर्यटकीय क्षेत्र बनाउने

देवराज सुवेदी  पुस १७,  (रासस) | राष्ट्रपतिदेखि स्थानीय तहका प्रतिनिधिसमेतको सहभागितामा राष्ट्रिय जलवायु सम्मेलन शुभारभ्भ भएसँगै गुफाडाँडावासी आफ्नो गाउँको पर्यटन प्रवद्र्धन हुनेमा आशावादी भएका छन् । 

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–९ ज्यामिरेस्थित गुफाडाँडामा सोमबार आयोजित उक्त सम्मेलनमा राष्ट्रपति विद्यादेवी भण्डारी तथा मन्त्री, पूर्वमन्त्री, प्रदेश नं–३ का मन्त्री, सांसद, सतहत्तर जिल्लाका जिसस प्रमुख, उपप्रमुख, सिन्धपाल्चोकका सबै स्थानीय तहका प्रमुख, उपप्रमुखसहित तीन हजारभन्दा बढी स्थानीयवासीको सहभागिता थियो । 

उक्त नगरपालिकाले गुफाडाँडालाई पर्यटकीय क्षेत्र बनाउने उद्देश्यले त्यहाँ चिया बगानलगायत अन्य पूर्वाधारका योजना बनाउन स्थानीय तथा सरोकारवालासँग छलफल र विभिन्न विज्ञमार्फत सम्भाव्यता अध्ययनसमेत गराइरहेको छ । 

उक्त सम्मेलन गुफाडाँडामै आयोजना भएकाले यो ठाउँको पर्यटन प्रवद्र्धनमा टेवा पुग्नेमा स्थानीय क्याउलेथाना आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेरप दोर्जे तामाङ विश्वाश व्यक्त गर्नुहुन्छ । यस्तै यस क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न आफूहरू लागिपर्ने नेकपाका जिल्ला कमिटी सदस्य बागवीर तामाङ बताउनुहुन्छ । 

मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्याल चियाखेती सम्भव भए यसैमार्फत नभए अन्य माध्यमबाट भए पनि यस क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न लागिपर्नेमा जोड दिनुहुन्छ । समुद्र सतहदेखिको दुई हजार ५५० मिटर उचाइमा रहेको उक्त डाँडाबाट दोर्जे लाक्पात थाजुगल हिमाललगायत अन्य हिमशृङ्खलाका साथै सिन्धुपाल्चोक, काभ्रपलाञ्चोक तथा काठमाडौँका अधिकांश भूभाग प्रष्ट देख्न सकिन्छ । यस क्षेत्रमा सम्मेलन आयोजना हुने चर्चा चलेदेखि नै आन्तरिक पर्यटकको घुइँचो बढ्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई