2026-11-02 04:45 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

जलवायु सम्मेलनसँगै गुफाडाँडालाई पर्यटकीय क्षेत्र बनाउने

देवराज सुवेदी  पुस १७,  (रासस) | राष्ट्रपतिदेखि स्थानीय तहका प्रतिनिधिसमेतको सहभागितामा राष्ट्रिय जलवायु सम्मेलन शुभारभ्भ भएसँगै गुफाडाँडावासी आफ्नो गाउँको पर्यटन प्रवद्र्धन हुनेमा आशावादी भएका छन् । 

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–९ ज्यामिरेस्थित गुफाडाँडामा सोमबार आयोजित उक्त सम्मेलनमा राष्ट्रपति विद्यादेवी भण्डारी तथा मन्त्री, पूर्वमन्त्री, प्रदेश नं–३ का मन्त्री, सांसद, सतहत्तर जिल्लाका जिसस प्रमुख, उपप्रमुख, सिन्धपाल्चोकका सबै स्थानीय तहका प्रमुख, उपप्रमुखसहित तीन हजारभन्दा बढी स्थानीयवासीको सहभागिता थियो । 

उक्त नगरपालिकाले गुफाडाँडालाई पर्यटकीय क्षेत्र बनाउने उद्देश्यले त्यहाँ चिया बगानलगायत अन्य पूर्वाधारका योजना बनाउन स्थानीय तथा सरोकारवालासँग छलफल र विभिन्न विज्ञमार्फत सम्भाव्यता अध्ययनसमेत गराइरहेको छ । 

उक्त सम्मेलन गुफाडाँडामै आयोजना भएकाले यो ठाउँको पर्यटन प्रवद्र्धनमा टेवा पुग्नेमा स्थानीय क्याउलेथाना आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेरप दोर्जे तामाङ विश्वाश व्यक्त गर्नुहुन्छ । यस्तै यस क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न आफूहरू लागिपर्ने नेकपाका जिल्ला कमिटी सदस्य बागवीर तामाङ बताउनुहुन्छ । 

मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्याल चियाखेती सम्भव भए यसैमार्फत नभए अन्य माध्यमबाट भए पनि यस क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न लागिपर्नेमा जोड दिनुहुन्छ । समुद्र सतहदेखिको दुई हजार ५५० मिटर उचाइमा रहेको उक्त डाँडाबाट दोर्जे लाक्पात थाजुगल हिमाललगायत अन्य हिमशृङ्खलाका साथै सिन्धुपाल्चोक, काभ्रपलाञ्चोक तथा काठमाडौँका अधिकांश भूभाग प्रष्ट देख्न सकिन्छ । यस क्षेत्रमा सम्मेलन आयोजना हुने चर्चा चलेदेखि नै आन्तरिक पर्यटकको घुइँचो बढ्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द