स्कुल जाँदै गरेकी बालिकाको ट्रयाक्टरको ठक्करबाट मृत्यु

साझासवाल

कात्तिक २३, जनकपुर / धनुषा जिल्लाको हरिणयमा ट्रयाक्टरको ठक्करबाट स्कुल
जाँदै गरेकी एक बालिकाको मृत्यु भएको छ । हिरिणय–९ सोनापाराका प्रकाश सहनीकी ७ बर्षीय छोरी रञ्जु सहनीको
ज १ त ६०२१ नम्बरको ट्रयाक्टरले ठक्कर दिँदा ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

बालिकालाई परीक्षा दिन स्कुलमा जाँदै गरेको बेला ट्रयाक्टरले ठक्कर दिएको हो ।
बालिकाको शवलाई पोष्टमार्टमको लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको बताईएको छ ।

Leave a Comment

Leave a Reply