2026-09-13 04:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

१६ दिनदेखि बेपत्ता वडाध्यक्षको खोजी गर्न माग

 पुस  १८, रुपन्देही | बेपत्ता भएका अर्घाखाँचीको मालारानी गाउँपालिकाका वडाध्यक्षको खोजी गरिदिन परिवारले आग्रह गरेका छन् । बुटवलमा आज पत्रकार सम्मेलन गरी १६ दिनदेखि बेपत्ता हुनुभएका मालारानी–२ का वडाध्यक्ष विनोद भनिने विष्णु भुसालको खोजी गरी सार्वजनिक गर्न परिवारजनले आग्रह गरेका छन् । 

सन्धीखर्कमा काम छ भनी घरबाट हिँड्नु भएका भुसालको अहिलेसम्म कुनै खबर नआएको दाजु जीवलाल भुसालले बताउनुभयो । भाइ हराएपछि पुस ४ गते प्रशासनमा निवेदन दिए पनि अहिलेसम्म कुनै पहल नभएको उहाँले गुनोसो गर्नुभयो । 

‘‘अर्घाखाँची सदरमुकाम जान्छु भनेर पुस २ गते बिहान घरबाट निस्केको थिए,’’ दाजु विष्णुले भन्नुभयो, “सन्धिखर्क गुन्टेखोलास्थित मोटरसाइकल ग्यारेजमा मोटरसाइकल मर्मत गर्न दिएर कपिलवस्तुको गोरूसिङ्गे जान्छु भनेर हिँडेको जानकारी भयो । तर अहिलेसम्म उनको अवस्था अज्ञात छ ।” 

उहाँका अनुसार फोन गर्दा उनको मोबाइल कपिलवस्तु वनगाईमा बसका चालकले उठाए । चालकले गाडीमा मोबाइल खसाएको भनेर जानकारी गराएका थिए । ४१ वर्षीया विनोद तत्कालीन एमालेबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो । रासस |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले