2026-09-13 04:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

बाँकेमा बाघको छालासहित २ जना पक्राउ

पुस २३, राँझा | बाँकेको कोहलपुरमा बाघको छालासहित दु्ई जनालाई प्रहरीले आज पक्राउ गरेको छ । 

दैलेखका ३६ वर्षीय कमल खत्री र कञ्चनपुरका २१ वर्षीय हरि ढकाललाई कोहलपुर नगरपालिका–११ बसपार्कबाट बाघको छालासहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहले जानकारी दिनुभयो । 

नेपाल प्रहरीको प्रदेश नं ५ अनुसन्धान ब्यूरो र इप्रकाबाट खटिएको टोलीले एक थान बाघको छाला र हड्डीसमेत बरामद गरेको उहाँले बताउनुभयो । बरामद छाला र हड्डी बाँके राष्ट्रिय निकुञ्जमा बुझाइएको प्रहरीले जनाएको छ । 

गम्भीर घाइते 

कोहलपुरमा मोटरसाइकलको ठक्करबाट एकजना साइकलयात्री गम्भीर घाइते भएका छन् । राप्तीसोनारी गाउँपालिका निवासी २२ वर्षीय वीरेन्द्र खत्रीले चलाएको मोटरसाइकलको ठक्करबाट कोहलपुर नगरपालिका–२ रझेनाका लछिराम थारू गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक खत्रीलाई समेत सामान्य चोट लागेको छ । दुबै जनाको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले