2026-07-24 10:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

जनकपुरमा पाँच वर्षीय बालकको हत्या

चैत्र ७, जनकपुर / जनकपुर –१९ बेंगाशिवपुर निवासी असलम राईनका
पाँच वर्षीय छोरा असरफ आजबिहान आफ्नै घर पछाडि हत्या गरिएको अवस्थामा भेटीएको छ ।  वैदेशिक रोजगारीको
लागि कतार गएका असलमका एकमात्र छोरा असरफलाई शनिबार बिहान करिब नौ बजे अपहरण गरिएको परिवारजनले जनाएको छ

बिहान नौ बजेबाट नै बेपत्ता भएको छोरालाई दिनभर गाउँको
घर–घरमा खोजियो । कतै नभेटीएपछि साँझ प्रहरीलाई खबर गरिएपनि रातिमै बालकको हत्या भएको मृतकका काका सोमन
राइनले जानकारी दिए ।

असरफ आज बिहान पाँच बजे घर पछाडिकै
गहुँबारीमा मृतअवस्थामा भेटिएपछि प्रहरीलाई खबर गरिएको थियो । उनको नाक र आँखाबाट रगत आएको देखिएकाले
घाँटी थिचेर हत्या गरिएको हुनसक्ने प्रारम्भिक अनुमान गर्न सकिने जिल्ला प्रहरी प्रमुख एसपी रामदत्त
जोशीले बताए ।

शवलाई घटनास्थलको मुचुल्कापछि पोष्टमार्टमको लागि
जनकपुर अञ्चल अस्पताल ल्याइएको छ । हत्या गरिएको बालकलाई फिरौतिको लागि बाहिरका अपराधीले अपहरण गरेको
जस्तो नदेखिएको भन्दै जोशीले भने, व्यक्तिगत रिसइबी साध्न गाउँकै व्यक्तिहरुले यस्तो घटना गरेको जस्तो
देखिन्छ । प्रहरीले घटना गम्भिर प्रकृतिको भएको भन्दै अनुसन्धान गरिरहेको जोशीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक