2026-09-13 03:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

बुद्ध जन्मस्थल लुम्बिनीमा भीषण आगलागी

पुस २५, रुपन्देही | बुद्ध जन्मस्थल लुम्बिनीमा भीषण आगलागी भएको छ । एक हप्तादेखि भइरहेको आगलागीले लुम्बिनी विकास कोषको साढे ४०० बिगाहा क्षेत्रफल जलेर नष्ट भएको छ । 

लुम्बिनी विकास कोषको गुरुयोजना क्षेत्रभित्र भएको आगलागीका कारण महत्वपूर्ण वनस्पति जलेर नष्ट भएका कोषका वनस्पती शाखा अधिकृत सब्बिर खानले जानकारी दिनुभयो । “दिनहुँ आगलागी भएको छ, विकास कोषसँग दमकल छैन, नगरपालिकाको दमकल बिग्रिएकाले आगलागी नियन्त्रण गर्न गाह्रो भएको छ,” उहाँले भन्नुभयो, “यसपालि आगलागीले विकराल रुप लिँदा समस्या भयो ।” आगो गए रातिबाट नियन्त्रणमा आएको उहाँले बताउनुभयो । 

एक हप्तादेखि दिनहुँ आगलागी भए पनि कसरी आगो लाग्यो भन्नेबारे थाहा हुन सकेको छैन । उहाँले भन्नुभयो, “विकास कोष क्षेत्रमा चौबिसै घण्टा सुरक्षाकर्मी तैनाथ छन्, विकास कोषका सुरक्षा गार्ड छन् तर आगो कसरी लाग्यो भन्नेबारे केही जानकारी भएन ।” 

अन्तर्राष्ट्रिय ध्यान केन्द्र तथा सभागृह, शान्ति स्तुपा क्षेत्रदेखि थाई विहार, जर्मनी विहार क्षेत्रसम्म आगो फैलिएको थियो । एक दिनमा तीन पटकसम्म आगलागी हुने गरेको विकास कोषले जनाएको छ । पटक पटक आगलागी हुँदासमेत यसको कारण खोज्न नसक्नु विकास कोषको कमजोरी भएको स्थानीयवासी बताउँछन् । 

लुम्बिनीका पर्यटन व्यवसायी लीलामणि शर्माले आगलागीको नैतिक जिम्मेवारी विकास कोषले लिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सशस्त्र, जनपथ, दङ्गा प्रहरी, कोषको सुरक्षा गार्डको दस्ता हँुदाहँुदै दिनहुँ आगलागी हुनु सुरक्षा लापरवाही हो ।” आगलागीका कारण विकास कोष क्षेत्रभित्रका पशुपंक्षी कीट पतङ्गहरु प्रभावित भएका छन् । आगलागीका कारण सारसको बासस्थान समेत जलेको छ । असुरक्षित महसुस गरेपछि सारस उडेर गएका स्थानीयवासीले बताएका छन् । 

सुरक्षा व्यवस्था चुस्तदुरुस्त नबन्दा समस्या आएको इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक शङ्कर पोखरेलले बताउनुभयो । कोेष भित्रको आफ्नै कमजोरीका कारण पनि प्रत्येक वर्ष आगलागी हुने गरेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले