2026-11-02 05:24 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

बाँकेको सिङ्गो गाउँ लालपुर्जाविहीन

काशीराम शर्मा | पुस  २७, बाँके | नेपालगञ्ज उपमहानगरपालिका भित्रकै सिङ्गो मनिकापुरगाउँ लालपुर्जाविहीन छ । अस्थायी लालपुर्जा र एउटा कागजको भरमा मनिकापुरमा ठूलो लगानीमा ठूलाठूला भवन निर्माण भइरहेका छन् । यसमा न घरधनी सुरक्षित छन् न त सरकारले राजश्व नै पाएको छ । यसले व्यापारिक शहर नेपालगञ्ज उपमहानगरपालिका नै लालपुर्जाविहीन शहरका रूपमा चिनिन थालेको छ । 

मनिकापुरमा ७५ प्रतिशत नागरिक लालपुर्जाको आसमा बसेको ५० वर्ष बितिसकेको छ । मनिकापुरमा कुनै पनि निर्वाचन हुँदा लालपुर्जा नै मुख्य मुद्दा बन्ने गरेको छ । विसं २०४६ पछि पनि काङ्ग्रेस र तत्कालीन एमालेले अधिकांश समय तत्कालीन गाविसको सत्ता सञ्चालन गर्दै आए पनि कसैले लालपुर्जा पाउन नसकेको नेपालगञ्ज–२० का वडाध्यक्ष कृष्ण कार्की बताउनुहुन्छ । 

साविकको मनिकापुर गाविस अहिले नेपालगञ्ज उपमहानगरपालिकामा गाभिएको छ । चुनावका बेला चर्चा हुने तर, चुनाव सकिएपछि लालपुर्जाको मुद्दा सेलाउने गरेको वडाध्यक्ष कार्कीको भनाइ छ । मनिकापुरका मदनापुर, नयाँबस्ती, बाबाघाट, फारमछोल, गायत्रीनगर, प्रेमनगर, पोतेदारपुर, थपुवालगायतका गाउँ अहिले पनि लालपुर्जाविहीन अवस्थामा रहेको वडाध्यक्ष कार्कीले बताउनुभयो । 

“यी गाँउका ७५ प्रतिशत नागरिक लालपुर्जाको पर्खाइमा छन्”, उहाँले भन्नुभयो, “घरजग्गाको लालपुर्जा नहुँदा करोडौँ लगानी गरेर बनाएका घर सम्पत्तिको मूल्याङ्कन हुनसकेको छैन । बैंकले ऋण दिँदैन । उद्योग कारखाना चल्दैन ।” वडाध्यक्ष कार्कीका अनुसार विसं २०२४ देखि बसोबास गर्दै आएका व्यक्तिसमेत अझै लालपुर्जाको आसमा छन् । 

“जुनसुकै पार्टीको सरकार बने पनि मनिकापुरवासीको माग कहिल्यै सुनुवाइ भएन”, स्थानीयवासी लक्ष्मी शर्माले भन्नुभयो, “पुर्जा त चुनावी नारा मात्रै भए ।” गएको स्थानीय तहको निर्वाचनमा पनि उम्मेदवारले पुर्जा दिलाउने कुरा महत्वका साथ उठाएका थिए । उहाँले थप्नुभयो, “घर बनाएर बसेको २५ वर्ष भइसक्यो तर, लालपुर्जा हातमा छैन । हामी जग्गा अतिक्रमण गरेर बसेको पनि होइन तर सुकुम्वासीजस्तै भएका छौँ ।” 

मनिकापुरमा १२ हजार ४११ जनसङ्ख्या रहेको छ । जसमा छ हजार ५९ महिला, ६ हजार ३४१ पुरुष र ११ अन्य रहेका छन् । मनिकापुरमा रहेका दुई हजार ४६२ घरधुरीमा ७५ प्रतिशत घरधुरी लालपुर्जाविहीन रहेको वडाध्यक्ष कार्की बताउनुहुन्छ । करीब ५० वर्षदेखि पुर्जाविहीन उक्त वडामा अहिले साना, मझौला र ठूला गरी दर्जन बढी विभिन्न उद्योग स्थापना भएका छन् । अधिकांश उद्योगको भौतिक संरचना लालपुर्जाविहीन जमीनमै निर्माण गरिएका छन् । 

यसरी अस्थायी जमीनमा स्थायी संरचना बनिसके पनि नेपालगञ्ज उपमहानगरपालिकाले मनिकापुरवासीलाई लालपुर्जा दिनेतर्फ अहिलेसम्म कुनै चासो देखाएको छैन । स्थानीयवासीले स्थायी लालपुर्जाका लागि वडा कार्यालयमार्फत नगरपालिका र सरकारसँग पटकपटक माग गर्दै आएका छन् । तर, ५० वर्षदेखि कसैले पनि चासो नदेखाएको स्थानीय कमला शर्मा बताउनुहुन्छ । 

स्थानीय मागअनुसार सिङ्गो गाउँलाई नै लालपुर्जा उपलब्ध गराउन उपमहानगरपालिकामा प्रस्ताव राखेको बताउँदै वडाध्यक्ष कार्कीले भन्नुभयो, “वडाले केही गर्न सक्दैन । उपमहानगरपालिकामा कुरा पुर्याएको छु, तर, सुनुवाइ हुनसकेको छैन । म निरन्तर लागिरहेको छु ।” लालपुर्जा नै नहुँदा स्थानीयवासी नागरिक सरकारी सेवासुविधाबाट बञ्चित मात्रै भएका छैनन्, सरकारी राजश्वमा पनि कमी आएको छ । रासस |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द