2026-09-13 03:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

बाँकेको सिङ्गो गाउँ लालपुर्जाविहीन

काशीराम शर्मा | पुस  २७, बाँके | नेपालगञ्ज उपमहानगरपालिका भित्रकै सिङ्गो मनिकापुरगाउँ लालपुर्जाविहीन छ । अस्थायी लालपुर्जा र एउटा कागजको भरमा मनिकापुरमा ठूलो लगानीमा ठूलाठूला भवन निर्माण भइरहेका छन् । यसमा न घरधनी सुरक्षित छन् न त सरकारले राजश्व नै पाएको छ । यसले व्यापारिक शहर नेपालगञ्ज उपमहानगरपालिका नै लालपुर्जाविहीन शहरका रूपमा चिनिन थालेको छ । 

मनिकापुरमा ७५ प्रतिशत नागरिक लालपुर्जाको आसमा बसेको ५० वर्ष बितिसकेको छ । मनिकापुरमा कुनै पनि निर्वाचन हुँदा लालपुर्जा नै मुख्य मुद्दा बन्ने गरेको छ । विसं २०४६ पछि पनि काङ्ग्रेस र तत्कालीन एमालेले अधिकांश समय तत्कालीन गाविसको सत्ता सञ्चालन गर्दै आए पनि कसैले लालपुर्जा पाउन नसकेको नेपालगञ्ज–२० का वडाध्यक्ष कृष्ण कार्की बताउनुहुन्छ । 

साविकको मनिकापुर गाविस अहिले नेपालगञ्ज उपमहानगरपालिकामा गाभिएको छ । चुनावका बेला चर्चा हुने तर, चुनाव सकिएपछि लालपुर्जाको मुद्दा सेलाउने गरेको वडाध्यक्ष कार्कीको भनाइ छ । मनिकापुरका मदनापुर, नयाँबस्ती, बाबाघाट, फारमछोल, गायत्रीनगर, प्रेमनगर, पोतेदारपुर, थपुवालगायतका गाउँ अहिले पनि लालपुर्जाविहीन अवस्थामा रहेको वडाध्यक्ष कार्कीले बताउनुभयो । 

“यी गाँउका ७५ प्रतिशत नागरिक लालपुर्जाको पर्खाइमा छन्”, उहाँले भन्नुभयो, “घरजग्गाको लालपुर्जा नहुँदा करोडौँ लगानी गरेर बनाएका घर सम्पत्तिको मूल्याङ्कन हुनसकेको छैन । बैंकले ऋण दिँदैन । उद्योग कारखाना चल्दैन ।” वडाध्यक्ष कार्कीका अनुसार विसं २०२४ देखि बसोबास गर्दै आएका व्यक्तिसमेत अझै लालपुर्जाको आसमा छन् । 

“जुनसुकै पार्टीको सरकार बने पनि मनिकापुरवासीको माग कहिल्यै सुनुवाइ भएन”, स्थानीयवासी लक्ष्मी शर्माले भन्नुभयो, “पुर्जा त चुनावी नारा मात्रै भए ।” गएको स्थानीय तहको निर्वाचनमा पनि उम्मेदवारले पुर्जा दिलाउने कुरा महत्वका साथ उठाएका थिए । उहाँले थप्नुभयो, “घर बनाएर बसेको २५ वर्ष भइसक्यो तर, लालपुर्जा हातमा छैन । हामी जग्गा अतिक्रमण गरेर बसेको पनि होइन तर सुकुम्वासीजस्तै भएका छौँ ।” 

मनिकापुरमा १२ हजार ४११ जनसङ्ख्या रहेको छ । जसमा छ हजार ५९ महिला, ६ हजार ३४१ पुरुष र ११ अन्य रहेका छन् । मनिकापुरमा रहेका दुई हजार ४६२ घरधुरीमा ७५ प्रतिशत घरधुरी लालपुर्जाविहीन रहेको वडाध्यक्ष कार्की बताउनुहुन्छ । करीब ५० वर्षदेखि पुर्जाविहीन उक्त वडामा अहिले साना, मझौला र ठूला गरी दर्जन बढी विभिन्न उद्योग स्थापना भएका छन् । अधिकांश उद्योगको भौतिक संरचना लालपुर्जाविहीन जमीनमै निर्माण गरिएका छन् । 

यसरी अस्थायी जमीनमा स्थायी संरचना बनिसके पनि नेपालगञ्ज उपमहानगरपालिकाले मनिकापुरवासीलाई लालपुर्जा दिनेतर्फ अहिलेसम्म कुनै चासो देखाएको छैन । स्थानीयवासीले स्थायी लालपुर्जाका लागि वडा कार्यालयमार्फत नगरपालिका र सरकारसँग पटकपटक माग गर्दै आएका छन् । तर, ५० वर्षदेखि कसैले पनि चासो नदेखाएको स्थानीय कमला शर्मा बताउनुहुन्छ । 

स्थानीय मागअनुसार सिङ्गो गाउँलाई नै लालपुर्जा उपलब्ध गराउन उपमहानगरपालिकामा प्रस्ताव राखेको बताउँदै वडाध्यक्ष कार्कीले भन्नुभयो, “वडाले केही गर्न सक्दैन । उपमहानगरपालिकामा कुरा पुर्याएको छु, तर, सुनुवाइ हुनसकेको छैन । म निरन्तर लागिरहेको छु ।” लालपुर्जा नै नहुँदा स्थानीयवासी नागरिक सरकारी सेवासुविधाबाट बञ्चित मात्रै भएका छैनन्, सरकारी राजश्वमा पनि कमी आएको छ । रासस |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले