2026-07-09 02:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

अज्ञात समुहले पेट्रल छर्केर बर्दिवासमा तीन ओटा नाइट बस जलायो

आरएन महतो । भदौं-११, बर्दिवास । अज्ञात समुहले महोत्तरीको बर्दिवास
नगरपालिका १ मा पार्किङ्ग गरि राखिएको तीन नाइट बसमा बिहिबार राति आगजानी गरेका छन् । पाँच दिन अघिदेखि
पार्किङ्ग गरि राखिएको महोत्तरीबाट काठमाँडौं चल्ने ना ५ ख ४९९४, ना. ५ ख २६९४ र भरखरै खरिद गरि ल्याएको
वन टेस्ट बसमा आगजानी गरिएको स्थानीयले बताएका छन् ।Mahottari

बिहीबार राति
साँढे १० बजेको समयमा पट्रोल छर्केर बसमा आगजानी गरिएको तीनै बसका धनी महोत्तरीको औरही निवासी मुकेश
चौधरीले बताएका छन् । चौधरीका अनुसार, बर्दिवास स्थित डेरामा आफु राति सुति रहेको समयमा बसमा आगो
लगाइएको उनले बताए ।

आगजानीबाट जलेश्वर—जनकपुर—काठमाँडौ चल्ने
ना ५ ख ४९९४ र भरखरै खरिद गरेर ल्याइएको वन टेस्ट बस पूर्ण रुपमा नष्ट भएको छ भने, महोत्तरीको
सम्सि—गौशला—काठमाँडौं चल्ने बसमा आगलागीबाट आँशिक क्षति पुगेको प्रहरीले जनाएको छ । वनटेस्ट बस सडकमा
गुडन नपाउँदै आगजानी भएको हो ।

बर्दिवास चोक स्थित भोला बसन्त
चोक भन्दा करीब ३ सय मिटर उत्तरमा बसमा आगो लागनु प्रहरीको कमजोरी भएको स्थानीय युवा रंजितराज
ढुङ्गानाले बताए । प्रहरी चोक केन्द्रत बन्दा तीन बसमा प्रहरीकै आगाडी आगो लगाई अज्ञात समुहले जलाएकोे
उनले बताए ।

रिसिबीले बस जलाइएको हुन सक्ने प्रहरीले अनुमान
रहेको इलका प्रहरी कार्यालय बर्दिवासका प्रहरी निरीक्षक चन्देश्वर यादवले बताए । उनका अनुसार बस धनी
चौधरीको बस धेरै पहिलेदेखि नै टार्गेटमा रहेको प्रनि यादवले बताए । राति नै स्थानीय र प्रहरीले मिलेर
बसमा लागाइएको आगो निभाएका हुन् ।बसमा किन र कसले आगो लगाएको भन्ने बारे खुल्न नसकेको जिल्ला ट्राफिक
प्रहरी कार्यालय बर्दिवासका प्रहरी निरीक्षक तुलसी प्रसाद उप्रेतीले बताए ।

बुधबार साँझ पूर्व—पश्चिम राजमार्ग अन्र्तगत महोत्तरीको लक्ष्मिनियाँ ५ स्थित बीच
जंगलमा मधेशी मोर्चाका कार्यकर्ताहरुले बन्दमा सवारी चलाएको भन्दौ एक बस र एक ट्रकमा आगो लगाएर जलाएको
घटना सेलाउन नपाउँदै बिहिबार बर्दिवास स्थित बरगाछाी टोलमा तीन बसमा अज्ञात समुहले आगजानी गरेका हुन्

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो