Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

भक्तपुरका अधिकांश मासु पसल मापदण्डविपरीत

२०७५, २८ पुष शनिबार ०४:०७

पुस २८, भक्तपुर | जिल्लाका अधिकांश मासु पसल फोहर र न्यूनतम मापदण्ड पनि पूरा नगरी सञ्चालन गरेको पाइएको छ । 

भक्तपुर नगरपालिका बजार अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वको टोलीले शुक्रबार व्यासी र कासानक्षेत्रमा गरेको मासु पसल अनुगमनका क्रममा यस्तो भेटिएको हो । यसअघि गरिएको अनुगमनका क्रममा दिइएको निर्देशन भक्तपुर फ्रेस हाउस एण्ड अण्डा सेन्टरले पालना नगरेको पाइएपछि उक्त पसलको तराजु नियन्त्रणमा लिएर तीन दिनभित्र पसल दर्ता गर्न निर्देशन दिइएको छ । 

त्यस्तै इतुसा मिट शप, इन्द्रायणी मिट शप, जयकाली मिट शप, कालिका कोल्डस्टोर, सञ्जीव मिट शप, बालाखु गणेश कोल्डस्टोर, एभरेष्ट चिकेन स्टोर, रामेछाप कोल्डस्टोर पसल तीन दिनभित्र दर्ता गर्न, नवीकरण नभएकालाई नवीकरण गर्न, सेतो एप्रोन प्रयोग गर्न, मासु धुलो नलाग्ने गरी जालीले छोपेर राख्न, मूल्यसूची राख्न, भुइँ सफा गर्न मिल्ने गरी प्लाष्टर गर्न वा टायल राख्न, मासु काट्ने औजार खिया नलाग्ने गरी सफा राख्न, ढक तराजु नवीकरण गर्न निर्देशन दिइएको वडा निरीक्षक रामकृष्ण प्रजापतिले जानकारी दिनुभयो । 

त्यसैगरी उक्त नगरपालिकाले बाराहीस्थान डोकाफल्चादेखि घलातेसम्मका २५ पसलमा अनुगमन गरिएकामा २३ वटा विना दर्ता सञ्चालन भएको पाइएको अनुगमन समितिका सदस्य एवं वडा निरीक्षक रामकृष्ण प्रजापतिले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ