भारतीय मोटरसाइकलमा आगजनी

साझासवाल

कात्तिक १५, गौशाला । मधेस बन्दको अवज्ञा गरेको
भन्दै महोत्तरीको सोनमा बजारमा आज संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले भारतीय नम्वरको एक
मोटरसाइकलमा आगजनी गरेका छन् ।

महोत्तरी जिल्लाको पश्चिमी सम्सी
सिमानाका हुँदै भारतबाट पेट्रोलियम पदार्थ बोकेर आएको बीआर३०बी ४३८२ नम्बरको भारतीय मोटरसाइकलमा
मोर्चाका कार्यकर्ताले आगजनी गरेको मोर्चामा आबद्ध सद्भावना पार्टीका नेता लालबाबु यादवले बताउनुभयो

साथै मोटरसाइकलमा ल्याइएको ५० लिटर पेट्रोल र ५० लिटर
डिजलसमेत जलाएर नष्ट गरिएको छ ।

Leave a Comment

Leave a Reply