2026-06-19 04:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

काभ्रेपलाञ्चोकमा खानेपानी जागरण अभियान

2019-01-20

माघ ६,काभ्रेपलाञ्चोक | पाँचखाल नगरपालिकामा खानेपानी व्यवस्थापन गर्न स्थानीय युवाद्वारा जागरण अभियान थालिएको छ । 

पाँचखाल नपाको सबै वडामा खानेपानी पुर्याउने उद्देश्यले सञ्चालित सुनकोशी पाँचखाल वृहत् खानेपानी परियोजना सफल बनाउन स्थानीय युवाले जागरण अभियान थालेका हुन् । जागरण अभियानअन्तर्गत विभिन्न सङ्घसंस्था, विद्यालय तथा सरोकारवालाको सहभागितामा प्रत्येक वडामा परियोजनासम्बन्धी जानकारीमूलक ब्यानर र प्लेकार्डसहितको र्याली गर्दै आइएको छ । 

“वडाका कतिपय स्थानमा भेला गरेर तथा घरघरमा गएर खानेपानी जागरण अभियान गरिरहेका छौँ’ पाँचखाल नपा–४ तामाघाटका युवा कञ्चन अधिकारीले भन्नुभयो । उहाँका अनुसार परियोजनाका लागि उपभोक्ताले पनि रकम जम्मा गर्नुपर्ने भएकाले जानकारीका लागि पनि अभियान चलाइएको हो । 

परियोजना रु दुई अर्ब २१ करोडको लागतमा निर्माण सम्पन्न हुने बृहत् खानेपानी उपभोक्ता समितिका अध्यक्ष कुमार लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाल सरकार, एशियाली विकास बैंक (एडिबी) र उपभोक्ताको लागतमा परियोजना सम्पन्न गरिनेछ । 

परियोजनामा लाग्ने रु दुई अर्ब २१ करोडमध्ये पाँच प्रतिशत रकम उपभोक्ता समितिले ब्यहोर्नुपर्नेछ । यसमध्ये यहाँका छ हजार घरपरिवारले रु १८ हजारका दरले रकम परियोजनाको बैंक खातामा जम्मा गर्नुपर्नेछ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ गाउँबाट जिल्ला, जिल्लाबाट अरू जिल्ला हुँदै देशसँग पिरती बस्यो : महावीर पुन मन्त्रालयगत छलफलमा रक्षा मन्त्रीलाई बोलाउन हर्क साम्पाङको माग अफ्ठ्यारो परिस्थितिमा म पार्टी छाडेर हिँड्दिनँ : केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक जारी सुनचाँदीको मूल्य घट्यो