२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

घाइते बोकेर आउँदै गरेको एम्बुलेन्स दुर्घटना हुँदा ५ गम्भीर घाइते

२०७५, १२ माघ शनिबार १३:०३

माघ १२, भक्तपुर । सिराहा लहानबाट सवारी दुर्घटनामा परी घाइते भएकालाई उपचारका लागि काठमाडौँ ल्याउँदै गरेको एम्बुलेन्स भक्तपुरमा दुर्घटना हुँदा त्यसमा सवार पाँच जना गम्भीर घाइते भएका छन् । 

घाइते बोकेर आउँदै गरेको ज१च १४९० नं को यादव सेवा समाजको एम्बुलेन्स भक्तपुर सूर्यविनायक नगरपालिका–१० साँगा मुसे गणेश मन्दिर नजिकै सडकबाट १०० मिटरभन्दा तल खोल्सामा खस्दा उनीहरु घाइते भएका हुन् । 

घाइते हुनेमा एम्बुलेन्स चालक दोलखा सिँगटी घर भई हाल काठमाडौँ जिल्ला कपन बस्ने २५ वर्षीय सन्तोष तामाङ, सर्लाही लालबन्दी नगरपालिका–१४ घर भई हाल काठमाडौँ कपन बस्ने २१ वर्षीय वीरबहादुर लुङ्गेली, उदयपुर कटारी बस्ने ३५ वर्षीय मोहनबहादुर न्यौपाने, धनुषा ढल्केबर बस्ने ७१ वर्षीय झलकबहादुर खड्का, सोही ठाउँका ३७ वर्षीय घनकुमारी खड्का र ७१ वर्षीय बाटुला खड्का रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

घाइतेमध्ये एम्बुलेन्स चालक तामाङको मध्यपुर अस्पताल ठिमीमा उपचार हुन नसकेपछि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको र अन्य घाइतेलाई इवामुरा अस्पतालमा उपचार हुन नसकेपछि न्यूरो अस्पताल बाँसबारी पठाइएको उहाँले जानकारी दिनुभयो । 

सिराहा लहानबाट घाइते झलकबहादुर खड्का र आफन्तलाई लिएर आएको एम्बुलेन्स आफैँ अनियन्त्रित भई दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी