2026-09-13 12:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

आफनै घरभित्र अर्धनग्न अवस्थामा किशोरीको शव फेला, पक्राउ परेका बाबुको यस्तो बयान !

माघ १६, राजविराज | सप्तरीमा एक किशोरी अर्धनग्न अवस्थामा मृत फेला परेकी छन्। सप्तरीको बलान बिहुल गाउँपालिका-४ बेल्हीकी १६ वर्षीया सरिताकुमारी बडही आफ्नै घरभित्र सोमबार राति मृत फेला परेकी हुन् | 

बडहीको अर्धनग्न शव चोटपटक लागेको अवस्थामा घरमा भेटिएपछि प्रहरीले बुवा ४५ वर्षीय तुरुन्तलाल बडहीलाई पक्राउ गरेको जनाएको छ। मृतककी आमा भने  फरार रहेकी छन् | घटना थप शङ्कास्पद भएको भन्दै प्रहरीले उनको खोजि गरिरहेको छ ।

कोठाको भित्रबाट चुकुल नलागेको, भित्ता छेउमा खाटमुनि लडेको शव अर्धनग्न अवस्थामा रहेको र मृतकको शरीरको भागमा चोटपटकको दागसमेत देखिएकाले प्रहरीले अनुसन्धान गरिरहेको छ। 

बाबुले बयानको क्रममा आफूले सामान्य कुटपिट गरेको बताएका छन्। प्रहरीका अनुसार भारतमा विवाहिता दिदीका देवरसँग सरीताको प्रेम रहेको र सोही कारण घरपरिवारमा विवाद रहेको बुझिएको छ। घरपरिवारले विवाहका लागि मञ्जुरी नदिए पनि किशोरीले सोही केटासँग मात्र विवाह गर्ने ढिपी गरेपछि बुवा-आमाले सरीतालाई कुटपिट गरेको बुझिएको छ।

शव पोष्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले