2026-09-13 02:31 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

…र फेरि कहिल्यै उठेनन् उमेशचन्द्र !

नवीन नेपाली | माघ १६, नारायणपुर | विसं २०६१ माघ १९ को शाही घोषणाबाट सम्पूर्ण कार्यकारी अधिकार राजा ज्ञानेन्द्रले आफ्नो हातमा लिएपछि राजनीतिक दलमाथि अघोषित प्रतिबन्ध लाग्यो । ती दलसँग आन्दोलनको विकल्प थिएन । आन्दोलनलाई चर्काउने योजनाअनुसार काम अघि बढ्न थाल्यो । माघ २६ गते घोषित नगर निर्वाचन बहिष्कार गर्ने क्रममा घोराहीमा शान्तिपूर्ण प्रदर्शन भैरहेको थियो । 

खासगरी माओवादी आन्दोलनबाट अलि धेरै नै प्रभावित जिल्ला हो दाङ । त्यसकारण पनि आन्दोलनमा अन्य दलको समेत सहभागिता थियो । आन्दोलनमा सर्वसाधारणको यति धेरै सहभागिता थियो कि सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरुले त्यसलाई थाम्न सक्नु त धेरै परको कुरा त्यसलाई राम्रोसँग हेर्न पनि नसक्ने अवस्थामा थिए । त्यो दिन घोराहीमा जनसागर उर्लिएको थियो । जब आन्दोलनको नेतृत्व गर्दै नेकपा एमालेका जिल्ला परिषद् सदस्य उमेशचन्द्र थापा अहिलेको शहीद मार्ग हुँदै अगाडि बढिरहनु भएको थियो, यही जुलुशमाथि तत्कालीन शाही सेनाले गोली वर्षायो र एमालेका जिल्ला परिषद् थापाको ज्यान गयो । जनआन्दोलन २०६२–६३ को प्रथम शहीद उहाँ हुनुभयो । 

त्यस घटनामा घाइते कृष्ण गिरीले सम्झिनुहुन्छ – “शाही सेनाले गोली चलाउनुपर्ने अवस्था थिएन । आन्दोलन निक्कै शान्तिपूर्ण थियो । अहिलेको रेडियो मध्यपश्चिम अगाडि त्यो समय झाङहरु थिए ।” उहाँ भन्नुहुन्छ – “माथि ब्यारेकबाट आएको सेनाले एक्कासी गोली चलायो । मेरो एउटा पैतालामा, एउटा कोखामा र एउटा अर्को खुट्टामा गोली लागेपछि म ढले । उता उमेश पनि ढल्नुभयो । उमेश घटनास्थलमै शहादत हुनुभएको हो । त्यसको केहीबेर पछि नै सेना आफैंले मलाई तत्कालीन महेन्द्र अस्पतालमा लगेर उपचार गरेको याद छ् ।” थापालाई एउटा गोली लागेको थियो । नाइटोदेखि तलको भागमा गोली लागेर ढल्नु भएका थापा फेरि कहिल्यै उठ्नु भएन । 

को हुन् उमेश ? 

उमेशचन्द्र थापा प्युठानमा जन्मिनु भएको थियो । विसं २०१२ असोज १० गते उहाँको जन्म दिन हो । आमा फनिदेवी थापा र बुबा भोज बहादुर थापाको कोखबाट प्युठानको बरौलामा जन्मनुभएका थापा समाजप्रति कर्तव्यनिष्ठ, न्यायप्रेमी, साहसी र निडर नेताको रुपमा परिचित हँुदै आउनुभएको थियो । 

सानैदेखि आत्मविश्वासी र लगनशील व्यक्तिको रुपमा चिनिएका उमेशको शिक्षा स्नातकसम्मको हो । प्युठानकै बिजुली गाविसमा रहेको तत्कालीन जनता मावि र मुक्ति विद्यालयमा अध्ययनपछि दाङको घोराहीमा बसाइ सरेर आउनुभएको थियो । उच्च शिक्षा घोराही भरतपुरस्थित महेन्द्र बहुमुखी क्याम्पसमा शुरु गर्नुभएका उमेशले विद्यार्थी कालदेखि नै राजनीति शुरु गर्नुभएको हो । 

प्युठानकै वामपन्थी आन्दोलनबाट प्रभावित भएर उमेशले प्युठानबाटै राजनीतिक जीवन शुरु गर्नुभएको थियो । कम्युनिष्ट घटकको रुपमा उहाँले राजनीति शुरु गर्दा विद्यार्थी राजनीतिको अवस्थासमेत कमजोर थियो । तत्कालीन नेकपा मालेको सम्पर्कमा रहेर महेन्द्र बहुमुखी क्याम्पसमा उहाँले काम गर्नुभएको नेकपा दाङका नेता टीकाराम खड्काले बताउनुभयो । उहाँ भन्नुहुन्छ – “उहाँले विद्यार्थी राजनीतिमा पु¥याएको योगदान अहिले पनि स्मरणीय छ ।” 

विसं २०३५÷३६ तिरको वामपन्थी विद्यार्थी आन्दोलनका कारण उमेशको छवि वजनदार बनेको उहाँका समकक्षीहरु बताउँछन् । थापा विद्यार्थी राजनीति गर्नुभएकै कारण तुलसीपुरमा चार महीना जेल जीवन समेत भोग्न बाध्य हुनुभएको थियो । थापाले नगर कमिटी सदस्यसमेत भएर काम गर्नुभएको थियो । उहाँको आफ्नै प्रेस थियो । प्रेस चलाएर बस्ने भएकाले पनि सम्पूर्ण समय पार्टीलाई दिन नसकेका थापाले पार्टीले भनेका कामहरु कर्तव्यनिष्ठ भएर गर्नुहुन्थ्यो । 

थापाले विवाह प्युठानबाटै गर्नुभयो । विद्यार्थी र राजनीति गर्दै दाङमा बस्न थालेपछि प्युठानकै एञ्जला थापासँग विवाह गर्नुभएको हो । विसं २०४१ फागुन २२ गते उहाँको मागी विवाह भएकोे हो । 

अरुको नजरमा उमेश 

उमेशको मृत्युपछि उहाँको कामको प्रशंसा गर्नेहरु पनि कम छैनन् । उहाँले पार्टी र समाजमा पु¥याएको योगदानका बारेमा सबैले खुलेर प्रशंसा गर्छन् । “उहाँको आफ्नै व्यवसाय थियो, सबै समय पार्टीलाई दिन नसकेको भए पनि उहाँलाई पार्टीले अ¥हाएको काम कर्तव्यनिष्ठ, इमान्दार भएर गर्नुहुन्थ्यो,” एमाले अध्यक्ष खड्काले बताउनुभयो – “विद्यार्थी आन्दोलनमा धेरै समय खर्च गर्नुभएका उहाँलाई त्यही विद्यार्थी आन्दोलनले नै माथि उठाएको थियो ।” 

सोही आन्दोलनका घाइते कृष्ण गिरी त्यो बेलाको घटनालाई सम्झिँदै भन्नुहुन्छ – “गोली लागेर घटनास्थलमै मृत्यु भएका उमेशलाई सेनाले गाडीमा काठको मुढा फाले झैं फालेर लगेको थियो । त्यो मलाई अहिले पनि याद आउँछ ।” उहाँले भन्नुभयो – “तर, उमेशको साहसलाई मान्नुपर्छ । त्यो दिन जनसागर थियो घोराहीमा । त्यसको अघि अघि हुनुहुन्थ्यो उमेश । उहाँले देखाउनुभएको वीरताका कारण उहाँको महिमा अझै चुलिनु पर्छ ।” 

जीवनका २१ वर्ष सँगै बिताएकी एञ्जला आफ्नो भन्दा पनि बढी समाजका बारेमा सोच्ने व्यक्तिको रुपमा उमेशलाई पाएको अनुभव सुनाउनुहुन्छ । उहाँले अरुको चाकडी गर्न भने कहिल्यै नजानेको एञ्जलाको मूल्याङ्कन छ । 

थापाले शहादत प्राप्त गरेको १३ वर्ष पुगेको छ । शहीद थापाको सम्मानमा घोराहीमा द्वार निर्माण गरिएको छ र त्यो सडकको नामकरण उमेश मार्ग भनी राखिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले