२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

छोरीको हत्या आंशकामा बाबु पक्राउ, आमा फरार

२०७५, १६ माघ बुधबार ११:२५

माघ १६, सप्तरी | यहाँ एक किशोरीको अर्धनग्न शव घरमै फेला परेपछि प्रहरीले हत्या आंशकामा उनका बुवालाई आज पक्राउ गरेको छ । 

बलान बिहुल गाउँपालिका–४ बेल्हीकी १६ वर्षीया सरिताकुमारी बडहीको चोटपटक लागेको अवस्थामा अर्धनग्न शव गत सोमबार राति घरमा भेटिएपछि प्रहरीले उनका बुवा ४५ वर्षीय तुरुन्तलाललाई पक्राउ गरेको जनाएको छ । मृतककी आमा समेत फरार रहेकाले घटना थप शङ्कास्पद भएको भन्दै उनको खोजतलाश भइरहेको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक सुरेन्द्रकुमार श्रेष्ठले बताउनुभयो । 

प्रहरी निरीक्षक श्रेष्ठका अनुसार भित्रबाट चुकुल नलागेको कोठाको भित्ता छेउमा खाटमुनि लडेको शव अर्धनग्न अवस्थामा रहेको र मृत्तकको शरीरको केही भागमा चोटपटकका दागसमेत देखिएकाले प्रहरीले सुक्ष्म अनुसन्धान गरिरहेको छ । 

तुरन्तलालले हत्या गरेको अस्विकार गरे पनि सामान्य कुटपिट गरेको भने स्वीकारेका छन् । प्रहरीका अनुसार भारतमा विवाहिता दिदीका देवरसँग प्रेम गरिरहेकी सरिताले घरपरिवारले मञ्जुरी नदिए पनि प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि बुवाले कुटपिट गरेको स्वीकारेका छन् । 

शव पोष्टमार्टमका लागि मंगलबार धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । पोस्टमार्टम रिपोर्ट र अन्य आवश्यक अनुसन्धानपछि सत्यतथ्य नजिक पुग्न सकिने प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा