२८ असार २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किदा पाँचजना गम्भीर घाईते

२५ चैत्र २०७२, बिहीबार ०७:२१

चैत २५, महोत्तरी । आज बिहान महोत्तरीको जलेश्वरमा एसएलसी परीक्षा दिलाउन
गइरहेको दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किदा दुई विद्यार्थीसहित पाँचजना गम्भीर घाईते भएका छन्

जलेश्वर नगरपालिका–१ स्थित रा.वि.म. क्याम्पसअगाडि विद्यार्थी
बोकेको ज ७ प ५४५१ र बा ४८ प ३६३५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा दुई विद्यार्थीसहित पाँचजना गंभिर
घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

घाइतेहरुमा ज ७ प ५४५१ नम्बरको मोटरसाइकलमा चढी थरुवाही माविबाट परीक्षा दिन महेन्द्र आदर्श
महिला मावि जलेश्वर आउँदै गरेको जिल्लाको नैन्ही–८ बस्ने १८ वर्षीय विकास कुमार मण्डल, उनकी बहिनी
विद्यार्थी १६ वर्षीया प्रियङ्का कुमारी र उनकी भाउजू २५ वर्षीया सरिता देवी कापर रहेका छन् ।

त्यस्तै, बा ४८ प ३६३५ नम्बरको मोटरसाइकलमा विद्यार्थी बोकी मावि बखरीभाठ
गइरहेको जलेश्वर–१ बस्ने २० वर्षीय कर्णकुमार राम र उनले हिडिरहेको बालिकालाई ठक्कर दिएको जलेश्वर–५
बस्ने बेचन साहकी छोरी १७ वर्षीया मधुकुमारी साह रहेको प्रहरी उपरीक्षक जनक भट्टराईले जानकारी दिए

उक्त दुर्घटनामा परी कर्णकुमार राम, मधुकुमारी साह, सरितादेवी
कापर र विकासकुमार मण्डल गम्भीर घाइते भएका छन् । उनीहरुले कर्णकुमार रामलाई विशेष उपचारका लागि भारतको
सीतामढी लगिएको छ भने अरूको उपचार महोत्तरी जिल्ला अस्पताल जलेश्वरमा भइरहेको छ ।

गम्भीर भएर पनि प्रियङ्का कुमारी प्राथमिक उपचारपछि परीक्षा दिन गएकी छन् ।
प्रहरीले दुवै मोटरसाइकल नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्घाटन एक करोड २५ लाखमा बन्यो वडाको प्रशासकीय भवन सरकारको नयाँ विधेयक: राष्ट्रपति–प्रधानमन्त्रीले उपहार लिन नपाउने, लिए कारबाही हुने देशमा हामीले कति विकास गरेकाछौ भनेर आफ्ना अग्रज र अभिभावकहरूसँग ज्ञान लिन सकिन्छ : उपप्रधानमन्त्री सिंह भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्लामा नासाले ‘अक्सियम मिसन–४’ को प्रस्थान प्रत्यक्ष प्रसारण गर्ने म्यान्मामा गुम्बा लक्षित हवाई आक्रमण, २२ सर्वसाधारणको मृत्यु एयर इन्डिया दुर्घटना : प्रारम्भिक प्रतिवेदनमा इन्धन आपूर्ति बन्द भएको खुलासा गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसंघ कांग्रेसको अनुशासन समितिले गरेको निर्णयबारे छलफल गर्न केन्द्रीय समितिको बैठक अब टिभीमै कम्प्युटर चलाउने सुविधा,इन्टरनेट कनेक्शन र सेट-टप बक्स भए पुग्छ शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै आजको मौसम पूर्वानुमान : यी प्रदेशहरूमा भारी वर्षाको सम्भावना क्रिकेटर लामिछानेको सम्मानमा रङ्गशाला बन्दै जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, छ जना घाइते नेपाल–चीन मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा बाख्रापालनमा जमेका चन्द दम्पती सूचना आयोगका पूर्वअध्यक्ष बास्कोटालाई पितृ शोक सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था