२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीमा छोरधारा बाँङ्गे लिफ्टीङ्ग खानेपानी आयोजनाको औपचारिक रुपमा उद्घाटन

२०७५, २३ माघ बुधबार ११:३०

लक्ष्मी अर्याल | माघ २३, गुल्मी | गुल्मीको मुसिकोट नगरपालिका १ मा छोरधारा बाँङ्गे लिफ्टीङ्ग खानेपानी आयोजनाको आज औपचारिक रुपमा उद्घाटन गरीएको छ ।

१ सय ६९ घरधुरीलाइ एक घर एक धाराको अभियानमा जोड्ने गरी सो योजनाको प्रदेश नम्बर ५ का बिशेषाधिकार समितिका सभापति कमलराज श्रेष्ठले उद्घाटन गरेका हुन् ।उद्घाटन पछि बोल्दै सासंद श्रेष्ठले प्रदेश सरकारले अबको तीन बर्ष भित्रमा प्रत्येक प्रदेशबासीको घरघरमा खानेपानी पुर्याउने उद्घोष गरे । खानेपानीको व्यवस्थापन सँगै प्रदेशमा अन्य धेरै बिकासका कामहरु सुरु भइरहेको भन्दै उनले खानेपानीको सदुपयोग गर्न आग्रह गरे । उनले पुराना मुलहरुलाइ सुक्न नदिन आग्रह गर्दै खानेपानीका मुल तथा अन्य प्राकृतिक श्रोतको सदुपयोगमा ध्यान दिन सबैलाइ आग्रह गरे ।कार्यक्रममा बोल्दै बिशेष अतिथि प्रदेश सभा सदस्य खड्ग केसीले अबकोे समय राजनैतिक लडाइमा भन्दा पनि बिकासका लडाइमा लाग्ने समय आएको बताए । नेपालको भौगोलिक बनावटले गर्दा पनि बिकासका कामहरु गर्न केही असहज भइरहेको भन्दै उनले सबै मिलेर देश निर्माणमा जुट्नुपर्ने दिन आएको बताए । उनले फरक प्रसँगमा पहिलेका पुर्खाहरु निकै बैज्ञानिक भएको भन्दै उनीहरुले बनाएका पानी पौवा, पोखरी हरुको संरक्षण आवश्यक रहेको बताए । अब तीन वटै सरकार मिलेर देश बिकास गर्नुपर्ने उनको भनाइ छ । मुसिकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोेटाले बिस्तारै नगरक्षेत्र भित्रका हरेक घरघरमा पानी पुर्याउने गरी कामहरु भइरहेको जानकारी दिदै बिकासका अन्य कामहरु प्नि सञ्चालन गरीरहेको जानकारी दिए ।

सो अवसरमा नेपाली काँग्रेस जिल्ला सचिब बिष्णु कुमारी सापकोटा, फिनल्याण्ड सरकारको तर्फबाट खानेपानी आयोजनाका प्रमुख प्राविधिक सल्लाहकार डा. सान्ना लेना राउतानेन लगायतले बोलेका थिए ।उद्घाटन कार्यक्रममा खानेपानी उपभोक्ता समितिका अध्यक्ष हरी बहादुर थापाको अध्यक्षता रहेको थियो भने प्रदेश नम्बर ५ का बिशेषाधिकार समितिका सभापति कमलराज श्रेष्ठ, प्रदेशसभा सदस्य खड्ग केसी, मुसिकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोटा लगायतको उपस्थिती रहेको थियो । भने सञ्चालन खानेपानी आयोजना उपभोक्ता समितिका सचिब देवेन्द्र गुरुङ्गले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी