2026-09-13 01:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

इन्टरनेटबाटै सवारी जाँच !

काशीराम शर्मा | माघ २८, बाँके | अब तपाईँको गाडी इण्टरनेटबाटै जाँच हुनेछ । लामो दूरीका गाडीमा दुई चालक भए नभएको, चालकले कति दूरीसम्म गाडी चलाएको, चालक परिवर्तन भए नभएको लगायत जाँच इण्टरनेटबाटै हुनेछ । 

तपार्इँ गाडी चलाउँदै हुनुहुन्छ अथवा गाडीको मालिक हो भने अब तपाईँ ट्राफिक पुलिसको आँखाबाट टाढा रहन सक्नुहुनेछैन । ट्राफिक पुलिसले यसका लागि सवारी दुर्घटना न्यूनीकरण तथा सुरक्षित यात्राका लागि ‘ट्राफिक कम्युनिकेशन एप्स’ सञ्चालनमा ल्याएको छ । 

ट्राफिकले आफ्नो क्षमतामा विकास गरी डिजिटाइजेशन माध्यमद्वारा सवारी साधन र चालकलाई निगरानी गर्नेछ । यो एप्सले तपाईँले गाडी कति समय चलाउनुभयो, चालक परिवर्तन गर्नुभयो कि भएन भन्ने लगायत जानकारीसँगै चालकको तस्वीरसहितको सबै कुराको अभिलेख राख्नेछ । 

नियम पालना गर्नुभएको छैन भने एप्स जानकारी दिनेछ र सोही आधारमा सवारी चालकलाई कारवाही गरिनेछ । यदि कारवाहीबाट बच्न तपाईँ चाहनुहुन्छ भने ‘ट्राफिक कम्युनिकेशन एप्स’को निर्देशन पालना गर्नुपर्ने हुन्छ । ट्राफिक प्रहरीले सवारी दुर्घटना न्यूनीकरणका लागि ‘ट्राफिक कम्युनिकेशन एप्स’ आइतबारदेखि सञ्चालनमा ल्याएको छ । 

एप्स ओराकल कम्पनीको जाभा प्रोगामिङ ल्याङग्वेजको एण्ड्रोइड भर्सनमा विकास गरिएको उक्त एप्स पहिलो चरणमा बाँकेको कोहलपुर, नवलपुरको भूमही, काठमाडौँको नागढुङ्गा र सर्लाहीको कमैयामा सञ्चालनमा ल्याइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक हिरेन्द्र रोकायले जानकारी दिनुभयो । 

लामो दूरीका क्षेत्रमा सञ्चालन हुने सवारी साधनमा लागू हुने गरी सञ्चालनमा ल्याइएको उक्त ‘ट्राफिक कम्युनिकेशन एप्स’को आइतबार जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले कोहलपुरको चप्परगौडीबाट ‘ट्राफिक कम्युनिकेशन एप्स’को औपचारिक उद्घाटन गर्दै सञ्चालनमा ल्याएको हो । एप्स सञ्चालनसँगै यात्रुवाहक सवारी साधनमा दुई चालक राखिने हुँदा दुर्घटनामा कमी आउने उहाँको विश्वास छ । 

“लामो दूरीमा चल्ने यात्रुवाहक सार्वजनिक सवारी साधनले चालक परिवर्तन भए नभएको जानकारी दिने र दुर्घटना न्यूनीकरणमा समेत उपयोगी हुने हामीले विश्वास गरेका छौँ”, प्रहरी निरीक्षक रोकायले भन्नुभयो, “लामो दूरीका सवारी चालक, बस नम्बर तथा प्रस्थान समय इण्टरनेटको सर्भरमा राखिनेछ, यात्राका क्रममा विभिन्न पोष्टमा जाँच गरिनेछ, सो क्रममा उही चालक भेटिएमा कारवाही हुनेछ ।” 

‘ट्राफिक कम्युनिकेशन एप्स’को उद्घाटन गर्दै कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले एप्समार्फत सवारी साधन र चालकको निगरानी हुने भएकाले सवारी दुर्घटना न्यूनीकरण हुने विश्वास व्यक्त गर्नुभयो । यातायात व्यवस्था ऐन २०४९ ले लामो दूरीका सवारी साधनमा दुई सवारी चालक अनिवार्य राख्नुपर्ने व्यवस्था गरे पनि यातायात व्यवसायीले कार्यान्वयन गर्न भने आनाकानी गरिरहेका थिए । 

एप्स सञ्चालनमा आएसँगै लामो दूरीका सवारी साधनमा दुई चालक अनिवार्य राख्नुपर्ने कानूनी व्यवस्थालाई सुनिश्चित हुने विश्वास गरिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख अरुणकुमार पौडेलले अब सवारी चालकले नियम मिच्न नपाउने भन्दै यसले दुर्घटना न्यूनीकरणमा सहज हुने बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले