2026-09-19 03:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

अब देशका युवा बेरोजगार बस्नु पर्दैन: मन्त्री विश्वकर्मा

फागुन २, भक्तपुर | युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले देशमा अब कोही पनि युवा बेरोजगार भएर बस्नु नपर्ने बताउनुभएको छ । 

आज भक्तपुरको राधेराधेस्थित श्यामाश्यामाधाममा डिभाइन युथ क्लब नेपालले आफ्नो छैटौँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको तीन दिवसीय राष्ट्रिय युथ स्प्रीच्युबल ह्यापिनेस क्याम्पमा उहाँले भन्नुभयो, “रोजगारीका लागि युवालाई विदेश पलायन हुनबाट रोक्नु अपरिहार्य रहेको छ, त्यसैले सरकारले युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्न प्रधानमन्त्री रोजगार कार्यक्रम लागू गरेको छ, अब हाम्रो देशमा युवा बेरोजगार भएर बस्नु पर्दैन ।” 

युवालाई आध्यात्मिक चिन्तनबाट सकारात्मक धारणा अभिवृद्धि गरी समाज रुपान्तरण गर्ने कार्यका लागि अभिप्रेरित गर्नु आवश्यक रहेको उहाँले बताउनुभयो । 

युवाको काँधमा मुलुक परिवर्तन गर्ने जिम्मेवारी आएको बताउँदै उहाँले युवालाई सकारात्मक बाटोमा लाग्न प्रेरणा दिने कार्यक्रम अघि सार्नुपर्ने उहाँको भनाइ थियो । 

कार्यक्रममा सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेत, गैरसरकारी संस्था महासङ्घ भक्तपुरका अध्यक्ष सोम शर्मा बजगार्इं, गैसस महासङ्घका केन्द्रीय सदस्य बालमुकुन्द सुवाल, डिभाइन युथ क्लब नेपालका अध्यक्ष उद्धवराज पाण्डेलगायतले बालबालिकालाई सानैदेखि सामाजिक एवं मानव कल्याणका क्षेत्रमा लाग्न श्यामाश्यामाधाम एवं डिभाइन युथ क्लबले देशव्यापीरूपमा महत्वपूर्ण कार्य गर्दै आएको चर्चा गर्नुभयो । 

देशभरबाट युवाको सहभागिता रही तीन दिनसम्म चल्ने क्याम्पमा सीपमूलक प्रशिक्षण, सामाजिक सेवा, प्रादेशिक पहिचान झल्कने सांस्कृतिक कार्यक्रम, युवाका लागि तनाव व्यवस्थापनसम्बन्धी प्रशिक्षणलगायतका विभिन्न कार्यक्रम सञ्चालन हुने क्लब अध्यक्ष निरज घिमिरे जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई