2026-09-19 07:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

प्राचीनकालको डोमाङ छ्योई सार्वजनिक

फागुन ४, काठमाडौं । काभ्रेपाल्चोक जिल्लाको रोशी गाउँपालिका वडा नं. २ ठूलो गाउँमा ६७४ वर्षभन्दा पुरानो डोमाङ छ्योई (पुस्तक) सार्वजनिक गरिएको छ ।

जोक्पा छेन्पो थार्पालिङ गुम्बा समितिद्वारा आयोजीत शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रमवीच बौद्ध धर्मललम्बीहरुको महत्वपूर्ण ऐतिहासिक डोमाङ छ्योई (पुस्तक) र गुम्बाको म्हाने पनि सार्वजनिक गरिएको हो । तामाङ समुदायको राष्ट्रिय पर्व ल्होछारको अवसरमा आयोजीति सो कार्यक्रममा तामाङ इतिहासकै कथा बोकेको नाम विसुन लोप्चन (लामा गुरु) को छ्योई र तत्कालिन गुम्बाको म्हानेलाई स्थानीय तथा सहभागीहरुले दर्शन गर्ने अवसर पाए । तिब्बतबाट नेपाल आगमन हुने क्रममा ठूलो गाउँलाई विसुन लोप्चन (लामा गुरु)ले बासास्थानको रुपमा स्वीकार गरी बसोबास गर्दै आएको इतिहास छ ।

वि.सं. १४०१ सालमा स्थापित थार्पालिङ गुम्बा भत्किएर जीर्ण भएपछि सोही गुम्बाको आस्था र चिनारीका लागि हाल समिति तयारी गरी गुम्बा पुनःनिर्मार्ण गर्न लागिएको समितिका अध्यक्ष भिमबहादुर लोप्चनले जानकारी दिए । उक्त गुम्बाको महत्वपूर्ण धार्मिक ग्रन्थ तथा सामाग्रीहरुलाई संरक्षण गरी परापूर्वकालको इतिहासलाई जीवन्त दिन गुम्बा निर्माणको आवश्यकता रहेको उल्लेख गरे । अहिले ३ तलाको गुम्बा निर्माणका लागि समिति लागि परेको बताउँदै सहयोग गर्न सरकार र स्थानीयवासीहरुलाई आह्वन गरेको छ । गुम्बा निर्माण गर्न १ करोड ३६ लाख २ सय २२ रुपैया खर्च लाग्ने बताए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई