2026-09-19 06:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

प्रत्यक्ष निर्वाचनमा जान महासङ्घ सकारात्मक

फागुन ७, काभ्रेपलाञ्चोक । नेपाल पत्रकार महासङ्घले प्रस्ताव गरेको प्रत्यक्ष निर्वाचन प्रणालीको पक्षमा पत्रकार सङ्घ सङ्गठनका नेतृत्व तथा प्रतिनिधि सकारात्मक देखिएका छन् । 

नेपाल पत्रकार महासङ्घको आह्वान तथा काभे्र शाखाको आतिथ्यमा काभ्रेपलाञ्चोकको धुलिखेलमा आज सम्पन्न सर्वपक्षीय बैठकमा उपस्थित पत्रकार सङ्घ सङ्गठनका अध्यक्ष तथा प्रतिनिधिले महासङ्घको प्रत्यक्ष निर्वाचन प्रणालीमा जानेमा विषयमा प्रतिबद्धता जनाएका हुन् । 

महासङ्घ अध्यक्ष गोविन्द आचार्यले महासङ्घको प्रत्यक्ष निर्वाचन प्रणालीमा जाने प्रस्तावमा पत्रकार सङ्घ सङ्गठनका नेतृत्व तथा प्रतिनिधि सकारात्मक देखिएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “हामीले प्रत्यक्ष निर्वाचन प्रणालीमा जाने प्रस्ताव राख्यौँ, बैठकमा उपस्थित अधिकांशले सहमत जनाउनुभएको छ, केहीले मात्रै आफ्नो सङ्गठनमा छलफल गरी आफ्नो धारणा दिने बताउनुभयो ।” बैठकमा वैचारिक पेशागत २० वटा सङ्घ सङ्गठनका अध्यक्ष तथा प्रतिनिधि उपस्थित हुनुहुन्थ्यो । 

महासङ्घ अध्यक्ष आचार्यका अनुसार महासङ्घ प्रत्यक्ष निर्वाचन प्रणालीमा जाने लगायतका प्रस्ताव आउँदो फागुन ९ र १० गते पोखरामा आयोजना गरिएको केन्द्रीय विधान सभाले सर्वसम्मत् रुपमा पास गर्नेछ । यसअघि महासङ्घको केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला समिति, प्रतिष्ठान र एशोसियटको निर्वाचन एकै दिन गर्ने निर्णय महासङ्घको प्रस्तावित विधानमा उल्लेख गरिएको छ । 

बैठकमा उपस्थित अधिकांशले महासङ्घको प्रस्तावमा सहमति जनाएको प्रेस चौतारी नेपालको अध्यक्ष गणेश बस्नेतले बताउनुभयो । उहाँले भन्नुभयो, “हामी प्रत्यक्ष निर्वाचनको पक्षमै छौँ, बैठकमा उपस्थित ८० प्रतिशत पनि पक्षमै सहमत भएका छन् ।” उहाँका अनुसार बैठकमा केन्द्रीय अध्यक्षको उम्मेदवारका लागि १५ वर्ष महासङ्घको सदस्य हुनुपर्ने विषयमासमेत सहमति भएको छ । 

बैठकमा महासङ्घ पूर्ण समानुपातिक प्रणालीमा जानुपर्ने विषय उठान गरिएपछि तत्काललाई त्यसतर्फ नजाने सहमति पनि भएको अध्यक्ष बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा पे्रस युनियनका अध्यक्ष बद्रि सिग्देल तथा उपाध्यक्ष ईश्वरी ओझाले पनि महासङ्घको प्रस्तावमा सहमति जनाउनुभएको छ । बैठकमा महासङ्घका उपाध्यक्ष एवं विधान मस्यौदा समितिका संयोजक विपुल पोखरेल, महासचिव रमेश विष्ट, प्रेस सङ्गठनका माधव नेपाल, राजेश राईलगायत उपस्थित हुनुहुन्थ्यो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई