Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

हात्ती भाडामा प्रयोग गर्न प्रतिबन्ध

२०७५, ११ फाल्गुन शनिबार ०७:२१

फागुन ११, बाँके | बाँके राष्ट्रिय निकुञ्जले हात्ती भाडामा प्रयोग गर्न प्रतिबन्ध लगाएको छ । मेला, महोत्सवलगायतका पर्वमा हात्ती भाडामा प्रयोग नगर्नु भन्ने सरकारले निर्देशन दिएसँगै प्रतिबन्ध लगाइएको निकुञ्जले जनाएको छ । 

निकुञ्जका प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीका अनुसार नयाँ निर्देशन प्राप्त भएपछि हात्ती कहीँकतै पठाइएको छैन । प्रमुख संरक्षण अधिकृत रेग्मीले भन्नुभयो,“अब हात्ती निकुञ्ज र संरक्षण क्षेत्रको कामबाहेक अन्यत्र प्रयोग हुँदैनन् ।” सरकारले हालैमात्र हात्ती व्यवस्थापनसम्बन्धी ऐन संशोधन गरेपछि हात्तीको प्रयोगमा रोक लगाइएको हो । 

असोज महीना अघिसम्म निकुञ्जले शुल्क लिएर हात्तीलाई मेला, महोत्सव, महायज्ञलगायतका पर्वमा भाडामा दिने गरेको थियो । वन्यजन्तुको अधिकार र हात्तीको प्रयोगबाट हुने असुरक्षालाई देखेर सरकारले हात्ती व्यवस्थापनसम्बन्धी नयाँ नियम ल्याएको प्रमुख संरक्षण अधिकृत रेग्मीले बताउनुभयो । 

चार वटा हात्ती रहेको बाँके राष्ट्रिय निकुञ्जमा नेपाली पर्यटकले हात्ती प्रयोग गर्दा छ घण्टाको रु.पाँच हजार, सार्क देशका पर्यटकका लागि रु १० हजार र अन्य मुलुकका पर्यटकका लागि रु २० हजार शुल्क लिँदै आएको निकुञ्जका सूचना अधिकारी विष्णु थपलियाले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ