२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

विमानस्थल सुरक्षामा चुनौती

२०७५, १७ फाल्गुन शुक्रबार ०३:२३

मेनका चौधरी । फागुन १७, धम्बोजी । नेपालगञ्ज विमानस्थलमा एक्सरे मेशिन बिग्रिएको कारणले सुरक्षाकर्मी हैरान छन् । केही दिनअघि पनि विमानस्थलको ठूलो एक्सरे मेशिन बिग्रिँदा करीब दुई सातासम्म जाँचको काम प्रभावित भएको थियो । 

नेपालगञ्ज विमानस्थलको सुरक्षा जाँच गर्न करोडौँ मूल्यका दुई एक्सरे मेसिन छन् । ती यन्त्र नियमित रुपमा कहिल्यै प्रयोगमा आउँदैनन् । एकपछि अर्को एक्सरे मेशिन बिग्रिँदा सुरक्षा जाँच प्रभावित भएपछि चुनौती बढेको छ । नेपालगञ्ज विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुरले विभिन्न घटनाक्रम र सुरक्षा दृष्टिकोणले विमानस्थल जोखिममा रहेको बताउनुभयो । “नेपालगञ्ज विमानस्थलमा भिआइपीको बढी आवतजावत हुन्छ, सुरक्षा जाँचमा प्रयोग गरिने मेशिन पटक पटक बिग्रिन्छ, विमानस्थलको सुरक्षाका लागि लगाइएको तारबार नहुँदा जोखिम छ । अस्थायी तारबार हुँदा चरनका लागि जीवजन्तु र घाँस काट्न मानिस प्रवेश गर्ने गरेका छन्”, उहाँले भन्नुभयो । 

बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले विमानस्थल सुरक्षाका लागि छुट्टै समिति भएकाले सुरक्षा व्यवस्था मिलाउन अनुरोध गरिएको बताउनुभयो । विमानस्थल प्रमुखको संयोजकत्वमा रहेको सुरक्षा समितिमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, जिल्ला प्रशासन कार्यालय प्रतिनिधिलगायतका प्रतिनिधि सदस्य छन् । उक्त समितिले समय समयमा बैठक बसेर विमानस्थल सुरक्षा विषयमा पुनरवलोकन गर्छ । विमानस्थलजस्तो संवेदनशील ठाउँको सुरक्षा नेतृत्व प्रहरी नायब निरीक्षकलाई दिइएको भुजेलले बताउनुभयो । 

प्रहरी नायब निरीक्षकको नेतृत्वमा ३६ जना प्रहरी विमानस्थलमा कार्यरत छन् । प्रहरीले तीन घेरामा सुरक्षा दिइरहेका छन् । विमानस्थल वरिपरिको क्षेत्रलाई निगरानीमै राखिएको जिल्ला प्रशासन कार्यालयको भनाइ छ । पश्चिम नेपालको सबैभन्दा बढी व्यस्त उक्त विमानस्थलबाट काठमाडौँका लागि दैनिक ९ वटासम्म उडान हुन्छन् । साथै पहाडी तथा हिमाली जिल्लामा पनि यहाँबाट दैनिक दर्जनौँ उडान हुन्छन् । यात्रुको चाप बढ्दै जाँदा जहाज कम्पनीले उडान सङ्ख्या पनि थप्दै गएका छन् । 

यहाँ दिनहुँजसो ठूलाबडा व्यक्तिको आवाजतजावत हुने गरेको तर सो यन्त्र बिग्रिँदा सुरक्षामा खतरामा हुने सम्भावना भएको स्थानीयवासी प्रमोद गुप्ताले बताउनुभयो । विमानस्थलको शान्ति, सुरक्षामा सरकारले खासै ध्यान नदिएको आरोप उहाँले लगाउनुभयो । आन्तरिक सुरक्षा व्यवस्था लथालिङ्ग भइरहेका बेला विमानस्थलको सीमाक्षेत्रमा स्थायी तारबार नहुँदा अर्को जोखिम बढेको उहाँले बताउनुभयो । 

विमानस्थलका विभिन्न स्थानमा लगाइएका तारजाली जीर्ण भइसकेको छ । ती स्थानबाट पशुचौपाया, वन्यजन्तु तथा मानिससमेत ओहोरदोहर गर्छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको दक्षिणी क्षेत्र सुरक्षाका लागि जति कडाइ गरेको छ त्यसबाहेक अन्य क्षेत्रको सुरक्षामा चासो नदेखाएको स्थानीयवासी बताउँछन् । विमानस्थलको पश्चिम, उत्तर र पूर्व क्षेत्रलाई सामान्य रुपले तारबार गरे पनि सुरक्षा सतर्कता बढाएको नदेखिएको अर्का एक स्थानीयवासीले बताउँछन् । विमानस्थलको उत्तरी भाग मानवबस्तीसँग जोडिएको छ । सुरक्षा निगरानीका लागि विमानस्थल क्षेत्रमा १६ सिसी क्यामरा जडान गरिएको देखिन्छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु