२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

एचआइभी सङ्क्रमित बैतडीकी १६ वर्षीया युवतीलाई टेक्ने ठाउँ भएन

२०७५, १७ फाल्गुन शुक्रबार ०४:३५

भूपेन्द्रसिंह विष्ट । फागुन १७, परशुराम | बैतडीकी १६ वर्षीया एक युवतीलाई आमाको अनुहार कस्तो थियो थाहा छैन । उनका बुबा उनकी आमासँग बिहे हुनुभन्दा पहिलेदेखि नै रोजगारीको सिलसिलामा भारतमा थिए । 

बुबाले काम गर्ने क्रम मै भारतीय मूलकी महिलासँग बिहे गरे । भारतमै पहिलो सन्तानको रुपमा रिजा (नाम परिवर्तन) जन्मिइन् । आमाको अनुहार समेत चिन्न नपाउँदै आमाले उनलाई छोडेर गइन् । कहाँ गइन् उनलाई केही थाहा छैन । 

त्यसपछि रिजा र उनका बुबा भारतमा एक्लै रहे । श्रीमतीले छोडेर गएपछि रिजाकी बुबाले नेपाल फर्किने निधो गरे र फर्किए । आमाले बुबालाई किन छोडिन् थाहा छैन उनलाई । किनकि उनी सानै थिई । नेपाल फर्किएका उनका बुबाले अर्काकी श्रीमतीसँग दोस्रो बिहे गरे । रिजा पनि दिन प्रतिदिन हुर्किंदै गइन् । 

आफ्नी आमाले छोडेपछि उनको बाल्यावस्था राम्रो हुने त कुरै भएन । सौतेनी आमाले दिने दुःख भोग्नुसम्म भोगिन् उनले । किशोरावस्थामा पुग्दासम्म उनको जीवन जेनतेन चलिरहेको थियो । तर, सौतेनी आमाको मृत्यु र बुबाले फेरि तेस्रो बिहे गरेर घरबाट सम्पर्कविहीन भएपछि अहिले उनी सहाराविहीन भएकी छन् । 

उनी मात्रै सहाराविहीन भएकी छैनन् उनकै दोस्रो सौतेनी आमाबाट जन्मिएकी पाँच वर्षकी बहिनी पनि छिन् । उनलाई आफ्नो भन्दा बहिनीको चिन्ता बढी लाग्छ । सहाराविहीन बनेकी रिजा आफन्त खोज्दै फुपूको घर पुगिन् । “मेरो आमाको अनुहार कस्तो थियो मलाई थाहा छैन, मलाई बुबाले नेपाल ल्याउनु भएको हो,” उनले भनिन् – “मलाई कति वर्षको उमेरमा आमाले छोडिन् त्यो पनि मलाई थाहा छैन । आमाको माइत भारतको कुन ठाउँ हो त्यो पनि थाहा छैन ।” 

नेपाल ल्याएपछि उनका बुबाले उनलाई माया नै गर्थे । तर, उनका बुबा रोजगारीका लागि भारत गइराख्नुपर्ने हुनाले उनी सौतिनी आमासँग घरमै बस्नु पथ्र्याे । उनी सौतिनी आमासँगै हुर्किइन् । विद्यालय जान खोज्दा पनि उनकी सौतेनी आमाले नजाउ भन्ने गरेको उनी सुनाउँछिन् । 

“सौतेनी आमाले गाली गर्नुहुन्थ्यो, तिमीले घरमा काम गर, विद्यालय जानु पर्दैन भन्थे,” उनले विगत सम्झँदै भनिन् – “विद्यालय जाने मन धेरै नै थियो ।” सौतेनी आमाले विद्यालय नजाउ भने पनि उनी जसरी भए पनि घरको काम सकेर विद्यालय भने कहिलेकाहीँ जान्थिन् । पढाइमा पनि उनी राम्रै थिइन् । सो¥ह वर्षको उमेर हुँदा उनी कक्षा ९ मा पुगिन् । 

यसअघि उनकी सौतेनी आमाको एचआइभी सङ्क्रमणबाट मृत्यु भयो । सात महिना अघि उनकी सौतेनी आमाको निधन भएको उनी बताउँछिन् । त्यसपछि उनको जीवन अन्धकार झै भयो । उनकी आमा उनका बुबासँग बिहे गर्नुअघिदेखि नै एचआइभी सङ्क्रमित रहेछिन् तर, विडम्बना उनका बुवालाई त्यो कुरा थाहा भएन । बुबासँगको बिहेपछि सौतेनी आमाले छोरी जन्माइन् र उनमा पनि एचआइभी सङ्क्रमण देखियो । 

सौतेनी आमाले आफूलाई एचआइभी सङ्क्रमण देखिएको कुरा छोरी र श्रीमान्लाई बताएकी थिइनन् । उनी भन्छिन् – “मलाई त्यस्तो रोग छ भनेर आमाले बताउनु भएन । उहाँ बिरामी हुनुहुन्थ्यो । उहाँ जिल्ला अस्पतालमा जाँच गर्न जानुभयो । त्यहाँबाट सङ्क्रमित भएको रिपोर्ट दिइएको रहेछ । तर, उहाँले आफू सङ्क्रमित नभएको बताउनुहुन्थ्यो ।” 

सौतेनी आमाले आफूलाई नराम्रो व्यवहार गर्ने गरेको उनको भनाइ छ । “आमाले बहिनीलाई त राम्रो मान्नु हुन्थ्यो तर, मलाई कुट्नु हुन्थ्यो,” उनले भनिन् – “खाना पनि राम्रोसँग दिनुहुन्नथ्यो ।” युवतीलाई सौतेनी आमाले महिनावारी भएका बेला लगाएका लुगाकपडाहरु धुन लगाउँथिन् । उनी भन्छिन् – “उहाँका महिनावारी भएका बेला लगाएका लुगा मलाई धुन दिनुहुन्थ्यो । म ती लुगा धुन्थे ।” 

सङ्क्रमित भएको यसरी थाहा पाइन् 

युवतीले आफू एचआइभी सङ्क्रमित भएको थाहा पाएको एक महिना मात्रै भएको छ । सौतेनी आमाको मृत्यु र बुबा बेपत्ता भएपछि सहाराविहीन युवती आफन्त खोज्दै फुपूको घर पुगिन् । फुपूको घरमा बस्ने र त्यहीँ काम गर्ने गर्थिन् । एक दिनको कुरो हो, फुपूको घरमा उनकी आमाको एचआइभी सङ्क्रमणबाट मृत्यु भएको थाहा पाएपछि कतै युवतीमा पनि एचआइभी त छैन भनेर उनलाई जाँच गर्न पठाइयो । 

उनी स्वास्थ्य परीक्षण गर्न बैतडीबाट डडेल्धुरास्थित उपक्षेत्रीय अस्पताल पुगिन् । उनलाई एकजना दिदीले उपक्षेत्रीय अस्पताल ल्याएकी हुन् । त्यहाँ स्वास्थ्य जाँच गराएर उनी फूपुको घर गइन् । प्रतिवेदन आएको थिएन । पछि ती दिदीले प्रतिवेदन ल्याउनुभएको रहेछ । ती दिदीले केही जानकारी नदिई उनकी फुपूलाई त्यो कुरा भनेछन् । उनले भनिन् – “अनि फूपुको घरमा मलाई नराम्रो व्यवहार गर्न थालियो र मलाई त्यसपछि थाहा भयो कि म एचआइभी सङ्क्रमित भएको ।” युवतीमा एचआइभी सङ्क्रमित भएको थाहा पाएपछि फुपूले उनलाई आफ्नै घर पठाइदिइन् । अहिले उनी आफ्नै घरमा बस्दैआएकी छन् । 

रिजा र उनकी पाँच वर्षीया बहिनी अहिले सहाराविहीन छन् । जाँच गरेको एक महिना पुग्दा समेत उनले औषधि उपचार गरेकी छैनन् । आर्थिक अवस्था पनि निकै नै कमजोर छ । उनलाई सहयोग गर्ने र बाटो देखाउने पनि कोही छैनन् । उनी भन्छिन् – “अब पढ्ने पनि कसरी ? पढाउने मान्छे पनि छैनन् । तर, पढेर ठूलो मान्छे बन्ने विचार त छ ।” सहारा खोज्दै उनी भौँतारिरहेकी छन् । तर, उनलाई कसले हेरिदिने ? उनीसँग एक बहिनी पनि छन् । बहिनीलाई के खुवाउनु ? कसरी पढाउनु ? आफैं पनि समस्याले गाँजिएको छ । समाज, गाउँघर सबैको नजरमा फरक बनेकी उनले महशुस गरेकी छन् । सबैले थाहा पाएपछि हेलाँ मात्र गरेका छन् । म र मेरो बहिनीलाई बचाउन मलाई आर्थिक सहयोग गरिदिनोस् भन्दै उनी गुहार्छिन् । उनलाई केही दिन अघि एड्स सङ्कमितहरुलाई सहयोग गर्ने संस्था डडेल्धुरा प्लस पुर्याइएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला