२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीका स्थानिय तहका सार्बजनिक सुनुवाइ समयमै हुदैनन्

२०७५, १८ फाल्गुन शनिबार ००:१३

कृष्ण बिष्ट । फागुन १८ बैतडी । बैतडीका कुनै पनि स्थानिय तहका समयमै सार्बजनिक सुनुवाइ गर्ने गरेका छैनन । स्थानिय तहले गरेका कार्यसम्पादन र सञ्चालनमा रहेका कार्यक्रम तथा आय व्यायको बारेमा सेवाक्षेत्र भित्रका नागरीकहरुलाई जानकारी गराउन प्रत्येक ३÷३ महिनामा गर्नुपर्ने सार्बजनिक सुनुवाइ कुनै स्थानिय तहले गर्ने गरेका छैनन ।  

४ नगरपालिका र ६ गाउपालिका गरी १० सथानिय तह रहेको बैतडीमा कुनै पनि स्थानिय तहले प्रत्येक तिन तिन महिनामा सार्बजनिक सुनुवाइ नगर्ने गरेको जिल्ला समन्वय समिती बैतडीले जनाएको छ । नागरीक हरुसँग नजिक रहनको लागि उचित सुजाव संकलन तथा कार्यक्रम कार्यान्वयनलाई पारदर्सीता ल्याउनको लागि सार्बजनिक सुनुवाइ गर्नुपर्ने भएपनि यहाक स्थानिय तहहरुले नगर्ने गरेको समन्वय समिती कार्यालयका प्रमुख नबिन पान्डेले जानकारी दिए । 

तिन तिन महिनामा गर्नु पर्ने सार्बजनिक सुनुवाइ यहाका स्थािय तहहरुले एक आर्थीक वर्षमा समेत नगर्ने गरेको पाइएको छ । 

जिल्लाको सुर्नया गाउपालिकाले १८ महिनाको सार्बजनकि सुनुवाइ गत असौजमा एकै पटक गरेको थियो भने पुर्चाैडी नगरपालिकाले पनि १९ महिनाको सार्बजनिक सुनुवाइ एकै पटक गरेको थियो । सिगास गाउपालिकाले पनि १९ महिनाको सार्वजनिक सुनुवाइ एकै पटक माघ महिनामा सम्पन्न गरेको थियो । यस्तै पाटन नगरपालिका र सिवनाथ गाउपालिकाले पनि १६ महनिाको सार्बजनिक सुनुवाइ एकै पटक गरेका थिए ।

पालिकामा के कती कामहरु सम्पन्न भएका छन सोको जानकारी सेवा क्षेत्रभित्रका नागरकिहरुलाई जानकारी गराएमा विकास निर्माण लगमयत अन्य कार्यक्रम प्रभावकारी एबम नागरीकमुखि हुने दलित अगुवा सरस्वती नेपालीले बताइन ।  नागरीकहरुका सुजाव सल्लाह र गुनासाहरुलाई ग्रहण गरेर कमीकमजोरी सच्याउदै नागरीकमुखि कार्यक्रमको खाचो रहेको उनको भनाइ छ । 

तिन तिन महिनाको र्साजनिक सुनुवाइ  गर्नको लागि भौगोलिक किटता लगायत आवस्यक जनसक्तीको अभावमा काम पनि नहुने गरेकाले सार्बजनिक सुनुवाइ गर्न ढिलाई हुने गरेको सिगास गाउपालिकाका अध्यक्ष हरीस सिँह धामीले जानकारी दिए । कर्मचारी  अभावको कारणले पनि सार्बजनिक सुनुवाइ गर्न नसकीएको पुर्चाैडी नगरपालिकाकी उपप्रमुख जानकी बमले बताउनुभयो । कर्मचारी नहुदा आवस्यक बजेट खर्च गर्न नसकिएको उनले बताइन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी