पढ्न करिब 2 मिनेट लाग्छ

फागुन २०, बनेपा | संयुक्त अरब इमिरेट्स (युएई) का लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले युएईमा दुःख र समस्यामा परेका नेपालीको हितमा काम गर्नु आफ्नो पहिलो दायित्व भएको बताउनुभएको छ ।

राजदूतमा नियुक्त भएपछि काभ्रेपलाञ्चोक मण्डन देउपुर नगरपालिकाले आज बनेपामा आयोजना गरेको बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले भन्नुभयो, “सबै काममा आत्मीयता र हार्दिकताका साथ काम गर्नु नै सबैभन्दा ठूलो गुण हो, त्यसैले समस्यामा परेका नेपालीलाई आत्मीयताका साथ सेवा गर्ने मेरो पहिलो कर्तव्य हुनेछ ।”

राजदूत ढकालले युएई नेपालको तेस्रो ठूलो व्यापार साझेदार मुलुक भएकाले त्योसँग आर्थिक कूटनीतिका लागि ठूलो सम्भावना भएको उल्लेख गर्दै त्यसका लागि आफूले सक्दो पहल गर्ने बताउनुभयो ।

“हामीले युएईतर्फ तरकारी, फलफूल, पानी र हर्टिकल्चर लगायतका कृषिजन्य बस्तु निर्यात गर्न सक्छौं,” उहाँले भन्नुभयो, “त्यसका लागि सम्बन्धित निकायसँग समन्वय गरेर निर्यात प्रवद्र्धनमा जोड दिन आफ्नो प्रयास रहन्छ ।”

राजदूत ढकालले नेपालमा लगानी भित्रियाउन त्यहाँका उद्योगी व्यवसायीसँग समन्वय र सहकार्य गर्ने उल्लेख गर्दै नेपालको पर्यटन प्रवद्र्धनका लागि पनि आफूले पहल गर्ने धारणा व्यक्त गर्नुभयो ।

मण्डन देउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाईवाले नगरका बासिन्दा हुनुभएको नाताले राजदूत हुनुभएकोमा गौरवको विषय भएको उल्लेख गर्दै उहाँका कार्यकालको पूर्ण सफलताको कामना गर्नुभयो ।

काभ्रेपलाञ्चोक जिल्लाबाट राजदूत हुनेमा ढकाल दोस्रो व्यक्तित्व हुनुहुन्छ ।