2026-06-19 03:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

लागुऔषध कारोवारमा ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै काभ्रेपलाञ्चोक

राजकुमार पराजुली | फागुन २०, काभ्रेपलाञ्चोक (रासस) | प्रहरीले गत पुस १६ गते विराटनगरबाट बिपी राजमार्गहुँदै बनेपा आउँदै गरेको गाडीमा ‘नाइट्राभेट–१०’ नामक प्रतिबन्धित लागुऔषधिसहित दुई जनालाई पक्राउ गर्यो । 

तराई क्षेत्रबाट बिपी राजमार्गहुँदै आउने क्रममा काभ्रेपलाञ्चोक प्रहरीले नमोबुद्ध नगरपालिका–७ मङ्गलटारमा गाडी खानतलासी गर्दा सुनसरी गढी गाउँपालिका–३ छिटाहाका २० वर्षीय सरोजकुमार मेहता र भारतको कानपुरस्थित यूपीका २१ वर्षीय मनोजकुमार मेहतालाई ७५० चक्की नाइट्राभेट–१० लागुऔषधसहित पक्राउ गरेर लागुऔषध ऐन–२०३३ अनुसार मुद्दा चलायो । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रवीराज खड्काले भन्नुभयो “प्राप्त सूचना आधारमा खानतलासी गर्यौं, अहिलेसम्मकै ठूलो परिमाणमा लागुऔषध बरामद ग¥यौँ, ओसारपसार गर्ने व्यक्ति पक्राउ गरी ऐन अनुसारको मुद्दा चलाएका छौँ । अहिले उनीहरु थुनामा छन् ।” 

पक्राउ परेकाले भारतका विभिन्न स्थानबाट लागुऔषध सङ्कलन गरी बनेपा र आसपासका शहरमा बिक्री गर्दै आएको अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक खड्काले बताउनुभयो । 

गत पुस महीनामा इलाका प्रहरी कार्यालय बनेपाले पनि प्राप्त सूचनाका आधारमा नै नाइट्राभेट–१० नामक लागुऔषधको ८२ पत्तासहित बनेपा नपाकै विभिन्न स्थानबाट सात जनालाई पक्राउ ग¥यो । इप्रका बनेपाका प्रहरी निरीक्षक निरञ्जन भट्टराईका अनुसार पुस १३ गते बनेपा नपा–१३ स्थित साँगाबाट ५० पत्ता (एक हजार पाँच सय १४ चक्की) बोकेका तनहुँ शुक्लागण्डकी नपा–१ का २४ वर्षीय उत्तम कार्की र खोटाङ चिउरीडाँडा नपाका २५ वर्षीय आशिष थापालाई पक्राउ गरियो । 

प्रहरीले कार्की र थापाको बयानकै आधारमा पुस १७ गते राति अरनिको राजमार्गको बनेपा–१३ साँगामा काठमाडौँबाट बनेपातर्फ मोटरसाइकलमा आउँदै गरेको अवस्थामा विराटनगर महानगरपालिका–१५ का २३ वर्षीय प्रशिल थापा क्षेत्री र मोरङ सुनबर्सी नपा–६ का ३६ वर्षीय देवकुमार राजवंशीलाई झोलामा लुकाएको अवस्थामा २५ पत्ता लागुऔषधसहित पक्राउ ग¥यो । 

सोही रातिनै बनेपा नपा–८ चाँदनीचोकबाट बनेपा नपा–१० जनागालका २३ वर्षीय सविन हुमागाईं, महोत्तरी लक्ष्मिनीया गाउँपालिका–३ का ४० वर्षीय लालबाबु मण्डल र २४ वर्षीय अजय शाहलाई सातपत्ता नाइट्राभेट–१० सहित पक्राउ ग¥यो । प्रहरीले प्राप्त सूचनाकै आधारमा मात्रै जेकजाँच गरी लागुऔषध बरामद तथा ओसापसारकर्ता पक्राउ गरी सार्वजनिक गर्ने गरेको छ । 

घटना विवरणअनुसार पछिल्लो समय लागुऔषधको ‘ट्रान्जिट प्वाइन्ट’ काभ्रेपलाञ्चोक बन्दै गएको देखिन्छ । प्रहरीले पनि नियमित चेकजाँच नगर्दा लागुऔषध कारोबार फस्टाउँदै गएको मानवअधिकारकर्मी भोजराज तिमल्सिना बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “तराईसँग छोटो दुरीका रुपमा प्रयोग गरिने बिपी राजमार्गबाट लागुऔषध भित्रिने गरेको पाइएको छ, प्रहरीले त्यसबारे योजना नै बनाउनुपर्ने देखिन्छ ।” उहाँका अनुसार बिपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास)बाट लागुऔषध तस्करी भएको घटनाले पनि राजमार्गमा प्रहरीले आफ्ना गतिविधि बढाउनुपर्ने आवश्यकता छ । 

प्रतिबन्धित लागुऔषध विशेषगरी युवा पुस्ताले प्रयोग गरेको पाइएको अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक खड्काले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “अनुसन्धानबाट विशेषगरी विद्यालय र कलेजका युवाले अवैध लागुऔषध नाइट्राभेट बढी प्रयोग गरिएको पाइएको छ, यस्ता लागुऔषध नशाका लागि सेवन गर्ने गरेको देखिन्छ ।” उहाँका अनुसार यस्ता लागुऔषध भारतबाट तराईहुँदै बनेपा र राजधानी तथा शहरी क्षेत्रमा बिक्री वितरण हुनेगरेको देखिन्छ । 

प्रहरीको अनुसन्धानबाट अवैध लागुऔषध नाइट्रोभेट प्रतिचक्की एक हजारदेखि एक हजार पाँचसय रुपैयाँसम्ममा बिक्री हुने गरेको खुलेको छ । नाइट्राभेट–१० एक पत्तामा १५ चक्की हुन्छ । छिमेकी देश भारतमा निद्रा नलाग्दा प्रयोग गरिने नाइट्राभेट–१० नेपालमा प्रतिबन्धित औषधि हो । 

जिल्ला प्रहरी कार्यालय धुलिखेलको तथ्याङ्कअनुसार बितेको तीन वर्षको अवधिमा लागुऔषध ओसारपसार सम्बन्धी ३१ वटा मुद्दा दर्ता भएका छन् । उक्त मुद्दामा ६० जना पक्राउ परेका छन् । ‘पक्राउ परेकामध्ये अधिकांशले भरियाको रुपमा काम गरिरहेको बयान दिएका छन्’ प्रहरी उपरीक्षक खड्काले भन्नुभयो, “डरलाग्दो अवस्थामा लागुऔषध ओसारपसार हुन थालेपछि नियन्त्रणका लागि अभियान नै थाल्ने योजना बनाउँदैछौँ ।” 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ गाउँबाट जिल्ला, जिल्लाबाट अरू जिल्ला हुँदै देशसँग पिरती बस्यो : महावीर पुन मन्त्रालयगत छलफलमा रक्षा मन्त्रीलाई बोलाउन हर्क साम्पाङको माग अफ्ठ्यारो परिस्थितिमा म पार्टी छाडेर हिँड्दिनँ : केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक जारी सुनचाँदीको मूल्य घट्यो