2026-09-13 11:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

भूकम्प प्रतिरोधात्मक बालविकास केन्द्र निर्माण

फागुन २३, राजविराज । सप्तरीको विष्णुपुर गाउँपालिका–३ स्थित मुसहर्नियाँमा सेभ द सप्तरी र सेभ द चिल्ड्रेनको सहयोगमा भूकम्प प्रतिरोधात्मक बालविकास केन्द्र निर्माण गरिएको छ । 

सेभ द चिल्ड्रेन र सेभ द सप्तरीको साझेदारीमा विष्णुपुर गाउँपालिका तथा विद्यालयको संयोजनमा आयोजित समुन्नति कार्यक्रमअन्तर्गत बालविकास केन्द्रको निर्माण कार्य सम्पन्न भएको हो । 

जनता आधारभूत विद्यालय मुसहर्नियाँमा आयोजित बालविकास केन्द्रको भवन र छात्रछात्राका लागि सुविधा सम्पन्न छुट्टै शौचालय भवनसमेतको निर्माण कार्य सम्पन्न गरिएको छ । भूकम्प प्रतिरोधात्मक निर्माणाधीण बालविकास केन्द्रमा हालसम्म सेभ द सप्तरी, सेभ द चिल्ड्रेनको सहयोगमा बालविकास केन्द्रमा रु १५ लाख ६९ हजार ४३९, उक्त विद्यालयमा शौचालय निर्माणमा रु ११ लाख सात हजार ७२२, विद्यालयको कक्षाकोठा मर्मतसम्भारमा रु तीन लाख एक हजार गरी रु ३० लाख ९९ हजार ९३८ को लागतमा निर्माण गरिएको प्राविधिक सत्यनारायण यादवले जानकारी दिनुभयो । 

हालसम्म यस बालविकास केन्द्रमा रु १० लाख ५६ हजार मध्ये रु १९ हजार विद्यालयले सहयोग गरेको प्राविधिक यादवले बताउनभयो । 

उक्त विद्यालयमा बालविकास केन्द्रको भवन नहुँदा बालबालिकालाई पठनपाठन तथा सिकाइ प्रक्रिया समस्या हुने गरेको अवस्थामा सेभ द सप्तरी र सेभ द चिल्ड्रेनले गरेको सहयोगले बालबालिकाको लागि ठूलो उपलब्धि भएको विद्यालयका प्रअ देवन यादव बताउनुभयो । 

उक्त विद्यालयमा बालविकास केन्द्र, बालबालिकाको पहुँच हुने गरी निर्माण गरिएको भौतिक पूर्वाधार विकास भएपछि यस विद्यालयका कक्षा १ को तैयारीसँगै बालबालिकाको चौतर्फी विकासमा सहयोग पुग्ने विश्वास लिएको समुन्नति कार्यक्रमका परियोजना संयोजक उमदेश्वर चौधरीले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले