2026-09-19 06:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

दर्ता नगरी ‘खानी’ सञ्चालन

फागुन २४, काभ्रेपलाञ्चोक | जिल्लामा दर्ता नगरी अवैधानिकरुपमा वर्षौंदेखि चार वटा क्रसर उद्योगले रोडा–ढुङ्गा खानी सञ्चालन गर्दै आएका छन् । जिल्लास्तरीय अनुगमन तथा समन्वय समितिद्वारा गठित प्राविधिक उपसमितिले जिल्लामा चार वटा खानी दर्ताबिना सञ्चालन भएको जनाएको छ । क्रसर उद्योग मात्रै दर्ता गरेकाले रोडा–ढुङ्गाको खानी दर्ता नगरी सञ्चालन गर्दै आएका हुन् । 

उपसमितिका अनुसार नमोबुद्ध नगरपालिका–४ मा पशुपति रोडा–ढुङ्गा उद्योगले नजिकै रहेको निजी जग्गामा दर्ता नगरी विसं २०६१ देखि खानी सञ्चालन गर्दै आएको छ भने विसं २०६५ देखि ओम सत्यसाई स्टोन क्रसर उद्योग प्रालिले रोशी गाउँपालिका–७ मा बिना दर्ता खानी सञ्चालन गर्दै आएको छ । नमोबुद्ध नपा–६ मा ब्लु साइमन रोडा–ढुङ्गा उद्योग प्रालिले विसं २०६६ देखि र बेथानचोक गाउँपालिका–४ मा एसएस रोडा–ढुङ्गा उद्योगले दर्ता नगरी खानी सञ्चालन गर्दै आएका हुन् । 

उपसमितिको अनुगमनले चार वटा खानी अवैधानिकरुपमा सञ्चालन भइरहेको प्रतिवेदन दिएको जिल्ला समन्वय समितिका संयोजक उद्धव केसीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “प्रतिवेदनका आधारमा उद्योगसँग अल्टिमेटम दिएर खानी सञ्चालनसम्बन्धी कागजात मागेका छौँ, गैरकानूनीरुपमा सञ्चालित सबै खानी बन्द हुन्छन् ।” 

उहाँका अनुसार जिल्लामा सञ्चाललित २३ वटा (ढुङ्गा, गिट्टी र बालुवा प्रशोधन तथा उत्पादन उद्योगमध्ये चार वटाको खानी अवैधानिक हो । उपसमितिको प्रतिवेदनमा काभ्रेपलाञ्चोकमा रहेका सबै क्रसरले नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय एवं प्रदेश सरकारबाट जारी नदीजन्य पदार्थ (सङ्कलन र उपयोग) सम्बन्धमा व्यवस्था गर्न बनेको कार्यविधिको दफा–३ बमोजिम कायम मापदण्डअनुसार नचलेको समेत उल्लेख छ । 

अधिकांश क्रसर नदीसँगै, विद्यालय र जङ्गल नजिक सञ्चालित भएको, अन्य केहीद्वारा वासिङको स्वीकृत लिएर क्रसर चलाइएको र अवैधानिक खानीका कारण बस्ती जोखिममा पर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ । 

प्रदेश सांसद चन्द्र लामाले दर्ता नभएका उद्योगलाई तत्काल बन्द गर्नुपर्ने र प्रदेश सरकारको मापदण्डअनुसार सञ्चालन नगरिएका उद्योगलाई मापदण्ड पु¥याएर सञ्चालन गराउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “जनप्रतिनिधि नभएको अवस्थामा क्रसर देखाएर बिना दर्ता सञ्चालन भएका खानी तत्कालै बन्द गर्नुपर्छ ।” 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई