2026-09-14 02:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

पाटन नगरपालिका करको दायरा फराकिलो बनाउदै, केमा कति कर ?

कृष्ण बिष्ट | फागुन २५, बैतडी | बैतडीको पाटन नगरपालिकाले राजस्व संकलनको दायरा फराकीलो बनाएको छ । नगरपालिका बाट बाहिरीने कृर्षी उपज तथा पशुजन्य बस्तुहरु बाहिर निकासी गर्दा कर तिर्नुपर्ने नियम बनाए सँगै राजस्व संकलनको दायरा फराकीलो बनाइएको हो । 

पाटन नगरापलिको वडा नं ८ स्थित डडेल्धुरा जिल्लाको सिमानामा बेरीयल स्थापना गरी राजस्व संकलन गर्ने नियम बिहिबार देखि लागु भएको नगरपालिकाका कार्यकारी अधिकृत रबिन अधिकारीले जानकारी दिनुभयो । नगरापलिकाका ग्रामिण तथा सहरीक्षेत्रबाट बाहिरीने सरसमानहरु, तरकारी, जढीबुडि, काठ, गाइबस्तुहरु लैजदा कर तिर्नु पर्ने भएको छ । यहाको जङ्लमा पाइने जडिबुटीदेखि घरपालुवा बस्तुभाउमा रु १ देखि रु ५ सय सम्म कर तिर्नु पर्ने भएको छ । दूइ जना कार्यालय सयोगी राखेर कार्य सञ्चालन भइरहेको कार्यकारी अधिकृत अधिकारीले बताए ।  

राङ्गा तथा गाइबस्तुको हकमा प्रती गोटा रु ५सय, खसीबाख्राको हकमा प्रतीगोटा १ सय रुपैया नगरपालिकालाई कर तिर्नु पर्ने पाटन नगरपालिका वडा नं ८ का वडा अध्यक्ष पृत्बी राज पन्तले जानकारी दिए । यसै गरी काठको हकमा सल्लाको गोलिया प्रती क्युफीट २५ रपैयाका दरले राजस्व तिर्नुपर्ने छ भने चिरानि काठको प्रती क्ुयफीट १२ रुपैयाका दरले राजस्व पाटन नगरपालिकालाई तिर्नु पर्ने उहाले जानकारी दिनुभयो । यसैगरी तरकारी निकासी गर्दा प्रती क्युन्टल २५ रुपैयाका दरले राजस्व नगरपालिकामा बुझाउनु पर्ने छ । तेजपात, रीठा, काउलाको बोक्रा लगायत पाखनबेद निकासी गर्दा रु एक/एक रुपैया तिर्नुपर्ने छ ।  

गत १५ गतेको नगर कार्यपालिकाको बैठकबाट बेरीयल स्थापना गरी राजस्व संकलनको प्रकृयाको थालनी गर्ने निर्ण भएको थियो । बेरीयल सथापना भएसँगै नगरपालिकाको राजस्व संकलनमा बृद्धी हुने बिश्वास गरीएको  वडा नं ८ का वडा अध्यक्ष पृथ्बीराज पन्तले जानकारी दिनुभयो । 

युवाहरुलाई रोजगरीको अवसर पनि हुने र नगरपालिकाको आम्दानीमा पनि बृद्धी हुने नगर प्रमुख केसव बहादुर चन्दले बताउनुभयो । यहा उत्पादित कृषीउपज बस्तुहरु निकासी गर्दा ब्यापारीहरुले केहि रकम नगरपालिकालाई पनि दिनु पर्ने भएकाले यसले यहा कत्तीको खाद्या पदार्थ लगायत जडिबुडी उत्पादन र प्रसोधित हुदो रैछ सोको पनि हामि जानकारी प्रप्त गर्ने उनको भनाइ छ । करको दायरा फराकीलो बनाएमा आन्तरीक आम्दानिमा पनि बृद्धी हुने पनि उनले बताए ।

माथिको तश्विरमा: नगरपालिका सिमा अनारखोलीमा रहेको बेरीयल : तश्वीर: कृष्ण बिष्ट/ सास/बैतडी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले