२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

बुटवलमा सेवाग्राहीका लागि सहायता कक्ष

२०७५, २७ फाल्गुन सोमबार ०९:१७

फागनु २७, खस्यौली | बुटवल उपमहानगरपालिकाले जनप्रतिनिधि सेवाग्राही सहायता कक्ष शुरु गरेको छ । 

सेवाग्राहीका कामलाई सहज र छरितो बनाउने उद्देश्यले खासगरी भवन निर्माण, घर नक्सासम्बन्धी काम र पूर्वाधार निर्माणका काममा सेवाग्राही तथा उपभोक्ता समितिका गुनासा आइरहेका बेलामा जनप्रतिनिधिले नै सहजीकरण गर्ने गरी सम्भवतः मुलुकमै पहिलोपटक यस्तो सेवाग्राही सहायता कक्ष बुटवलमा शुरु गरिएको हो । 

उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले सेवाग्राहीका काममा सहजीकरण ल्याउने र परिवर्तनको समेत अनुभूति दिलाउने लक्ष्यका साथ यस्तो कक्ष सञ्चालनमा ल्याइएको बताउनुभयो । 

उहाँले कुनै पनि जनप्रतिनिधिले जायज काममा पनि आनाकानी गर्ने, अतिरिक्त लाभको आशा गर्ने र सेवाग्राहीलाई झञ्झट दिने गरेमा उजुरी पेटिकामा विवरणसहित उजुरी दर्ता गराउनेसमेत व्यवस्था मिलाइएको जानकारी दिनुभयो । त्यस्ता उजुरीको छानबिन गरेर सम्बन्धित व्यक्तिलाई आवश्यकता अनुसारको निकायबाट जवाफदेही बनाइने बताउनुभयो । 

उपप्रमुख गुमादेवी आचार्यले नागरिक वडापत्रलाई व्यावहारिक बनाउने गरी कक्ष सञ्चालन गरिएको बताउनुभयो । सेवाग्राहीका गुनासा कम गर्ने र सेवाप्रवाहलाई चुस्त बनाउने उद्देश्यले नौलो थालनी गरिएको कार्यपालिका सदस्य तथा सहायता कक्षका संयोजक रञ्जित शेरचनले बताउनुभयो । 

जनप्रतिनिधि सेवाग्राही सहायता कक्षमा कार्यपालिका सदस्य नै पालैपालो निरन्तर रहने गरी समयतालिका मिलाइएको नगर कार्यपालिका सदस्य तथा वडा नं ६ का अध्यक्ष जगदीशचन्द्र आचार्यले बताउनुभयो । 

टाइमकार्ड लागू 

बुटवल उपमहानगरपालिकाले भवन संहिताको पूर्ण कार्यान्वयनमा जोड दिँदै सेवाग्राहीका लागि घर नक्सापाससम्बन्धी विशेष जानकारी पुस्तिकासहितको टाइमकार्ड लागू गरेको छ । उपमहानगरपालिकामा घर बनाउने कुनै पनि सेवाग्राहीले आफूले पालना गर्नुपर्ने नियम र भवनसंहिताको मापदण्डका सबै प्रक्रियाका बारेमा पूर्ण जानकारीसहितको पुस्तिका प्रकाशन गरिएको उपहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिनुभयो । 

उपमहानगरपालिका प्रमुख सुवेदीले उक्त व्यवस्थाको शुरुआत गर्दै सेवाग्राही हेमबहादुर रावललाई त्यससम्बन्धी इजाजतपत्र, घर नक्सापाससम्बन्धी जानकारी पुस्तिकासहितका कागजात हस्तान्तरण गर्नुभयो । 

उपमहानगरपालिकाले अहिले इलेक्ट्रोनिक्स विल्डिङ परमिट सिस्टममा भवनको विवरणलाई अनलाइनमार्फत व्यवस्थित गरिरहेको छ । गत वर्ष वैशाख १ गतेदेखि यस्तो प्रणाली शुरु गर्ने बुटवल उपत्यका बाहिरको पहिलो नगर हो । यस प्रणालीअन्तर्गत हालसम्म एक हजार २७६ नक्सा दर्ता भएको र ३५० ले सम्पन्न प्रमाणपत्र लिइसकेको इञ्जिनीयर सन्तोष पाण्डेले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु