पढ्न करिब 1 मिनेट लाग्छ
<p>चैत २, बैतडी | बैतडीको दुर्गम सिगास गाउँपालिकाको भवन निर्माण कार्य जारी रहेको छ । गाउँपालिकाको केन्द्र तोकेको ठाउँ गाउँपालिका–८ गर्जेमा कुनै पनि सरकारी भवन नहुँदा गाउँपालिकाले भवन निर्माण कार्य भइरहेको हो । गाउँपालिकाले उपभोक्ता समितिमार्फत् अढाई दुई तले भवन निर्माण कार्य सात महीनादेखि जारी रहेको सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले जानकारी दिनुभयो । बाह्र कोठाको भवनसँगै एक सभाहलसमेत निर्माण गरिने भएको छ । हाल भुईंतला निर्माण कार्य सम्पन्न गरिसकेका छौँ उहाँले भन्नुुभयो, “अबको एक वर्षमा गाउँपालिका भवन निर्माणको काम सम्पन्न हुन्छ ।” <br></p><p>गाउँपालिकाको केन्द्र तोकिएको ठाउँमा कुनै पनि भवन नहुँदा अहिले गाउँपालिकाले दिने सेवामा कठिनाइ भएको छ । आफ्नै भवन नहुँदा गाउँपालिकाले गर्जेमा रहेका पसलसँगैको कोठा भाडामा लिएर सेवा दिइरहेको छ । </p><p>रु एक करोड ५० लाखको लागतमा बन्न लागेको उक्त भवन निर्माण कार्यलाई तीव्ररुपमा अगाडि बढाइएकाले तोकिएकै समयमा भवन निर्माण कार्य सम्पन्न हुने सिगास गाउँपालिकाले जनाएको छ । </p>

