२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा ५० विद्यार्थी एसइई परीक्षाबाट वञ्चित, कति परिक्षार्थी सहभागी हुँदै छन् ? हेर्नुहोस्

२०७५, ५ चैत्र मंगलवार १०:५४

चैत ५, बैतडी | जिल्लामा यस वर्ष ५० विद्यार्थी एसइई परीक्षाबाट वञ्चित हुने भएका छन् । एसइई दिन नपाउने विद्यार्थीमा ३० छात्रा र २० छात्र छन् । 

शिक्षा विकास तथा समन्वय इकाइका विद्यालय निरीक्षक शङ्करदत्त जोशीका अनुसार बीचमै विद्यालय छोडेका, परीक्षा शुल्क नबुझाएका र विद्यालयमा ७५ प्रतिशत हाजिर नभएका विद्यार्थी एसइईबाट वञ्चित हुने भएका हुन् । “छात्रभन्दा छात्रा परीक्षाबाट वञ्चित हुने गरेका छन्”, शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख नरेन्द्रप्रसाद अवस्थीले भन्नुभयो, “छात्रा बिहे गरेर एक ठाउँबाट अर्को ठाउँमा जाने गरेकाले परीक्षाबाट बढी वञ्चित हुन्छन् ।” 

यस वर्षको एसइई परीक्षा यही चैत १० गतेदेखि शुरु हुँदैछ । परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुने छ । पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा हुनेछ । 

छ हजार विद्यार्थी सहभागी हुने 

यस वर्षको एसइई परीक्षामा जिल्लाबाट पाँच हजार ८६८ विद्यार्थी सहभागी हुने भएका छन् । नियमिततर्फ पाँच हजार ४८१ तथा ग्रेडिङ पुरानो कोर्षबाट ११४, ग्रेडिङ नयाँ कोर्षबाट २७३, प्राविधिकतर्फ ६९ विद्यार्थीले परीक्षामा सहभागिता जनाउने छन् । जिल्लाका ११९ सामुदायिक र चार निजी विद्यालय एसइई परीक्षामा सहभागी हुने विद्यालय निरीक्षक जोशीले जानकारी दिनुभयो । परीक्षाका लागि २५ परीक्षा केन्द्र तोकिएको छ । ग्रेडवृद्धि विद्यार्थीका लागि दशरथचन्द नगरपालिकास्थित वीरेन्द्र मावि साहिलेकमा केन्द्र निर्धारण गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी