Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

गुल्मीमा एकजना महिलाको लडेर मृत्यु

By kit 2 मिनेट पढाइ

<p>चैत ५, गुल्मी । गुल्मीमा एकजना महिलाको लडेर मृत्यु भएको छ । जिल्लाको छत्रकोट गाउँपालिका-३ राजापानीकी ४१ वर्षीय शान्ति परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रवीन्द्र खड्काले जानकारी दिए ।<br></p><p>शान्तिलाई सोमबार साँझ कामबाट घर फर्किर्ने क्रममा घरभन्दा ५ सय मिटर पर परिवारले घाइते अबस्थामा फेला पारेका थिए । शान्तिको श्रृङ्गा स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनको टाउकोमा गम्भीर चोट थियो ।</p><p>मृतक शान्तिको शवलाई पोष्टमार्टमको लागि गुल्मी अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।</p>