2026-09-14 01:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडी जिल्ला अस्पताल प्रविधिमैत्री

चैत ७, बैतडी (रासस) | जिल्ला अस्पताल प्रविधीमैत्री बन्दै गएको छ । अस्पतालमा अहिले धेरै काम आधुनिक प्रविधिबाटै हुने गरेकोे जनाइएको छ । बिरामीको नाम लेखाउने रसिददेखि स्वास्थ्य जाँचको प्रतिवेदन पनि कम्प्युटर प्रणालीबाटै तयार गर्न थालिएको अस्पतालका प्रमुख निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा जगदीशचन्द्र विष्टले बताउनुभयो । 

आधुनिक प्रविधिको प्रयोगले अस्पतालको सेवा छिटोछरितो र सहज भएको उहाँको भनाइ थियो । अस्पतालका काम कम्प्युटर प्रणालीबाट गरिँदा हातले लेखेर बिरामीलाई सेवा दिनुपर्ने अवस्था अन्त्य भएको उहाँको भनाइ थियो । यो कार्यले सेवाग्राही र कर्मचारी दुवैलाई सजिलो भएको र आर्थिक पारदर्शिता पनि भएको छ । 

अस्पतालमा भिडियो एक्सरेका लागि पनि अहिलेको भन्दा गुणस्तरीय नयाँ उपकरण आएको तर जडान गर्न मात्र बाँकी छ भने विद्युतीय हाजिरी र इन्टरकम फोन पनि जडान गरिएको छ । अस्पताल प्रविधिमैत्री बन्दा सेवाग्राहीलाई सेवा लिन र कर्मचारीलाई सेवा दिन सजिलो भएको अस्पतालका मेडिकल अधिकृत डा वसन्तराज जोशीले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले