पढ्न करिब 1 मिनेट लाग्छ

चैत्र १७, काठमाडौं । आइतबार साँझ आएको हावाहुरीले तराईका केही जिल्लामा ठूलो मानवीय क्षति पुर्याएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीटमार्फत आइतबार आएको हावाहुरीका कारण २५ जनाको ज्यान गएको र ४ सय जना घाइते भएको जानकारी दिएका छन् ।

बारा/पर्सा जिल्लाको विभिन्न स्थानमा सॉझ आएको ऑधि/हुरीबाट धनजनको अकल्पनीय क्षति भएको छ । प्रधानमन्त्रीले मृत्युबरण गर्नेहरूप्रति शोकव्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् । उद्दारमा सुरक्षाकर्मीहरू परिचालित भइसकेको र उद्दारमा गम्भीर हुन र घाइतेको उपचारमा कुनै कमी आउन नदिन निर्देशित गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी दिएका छन् ।

घटनाको विस्तृत विवरण आउन बाँकि छ ।