Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

फिरोज हत्याको मुख्य कारण साली भिनाजुको अवैध सम्बन्ध

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चैत १९, खस्यौली (रासस) | फिरोज खानको हत्याको मुख्य कारण साली भिनाजुबीचको अवैध सम्बन्ध भएको खुलेको छ । बुटवल उप–महानगरपालिका–१ स्थित गढी टोलमा एक हप्ताअघि उनको हत्या भएको थियो ।

जिल्ला प्रहरी कार्यालयले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा खानकी श्रीमती साहिन खातुनको बयान लगायतका विभिन्न घटनाक्रमले खानको हत्या अवैध सम्बन्धका कारण भएको इलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले जानकारी दिनुभयो ।

आपराधिक पृष्ठभूमिका कादिर हुसेन फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । “श्रीमान् सोझो भएकाले काममा जाँदा श्रीमती खातुन बुटवलका विभिन्न होटेलमा बस्ने गरेको अनुसन्धानबाट खुलेको छ,” प्रहरी नायब उपरीक्षक मल्लले भन्नुभयो ।

एक साताअघि भएको सो घटनामा खातुनकी भिनाजु कादिरले गोली हानी हत्या गरेर नवलपरासीको वित्रेणी नाका हँुदै भारत गएको बताइएको छ । हत्या गरिएका खानका दुई छोरा छन् । उनी भारतीय नागरिक हुन् ।