Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

बैतडीमा ट्याक्टर दुर्घटना हुँदा कैलालीका सहचालकको मृत्यु

By साझासवाल

<p>कृष्ण बिष्ट | चैत्र २०, बैतडी | बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दशरथचन्द नगरपालिका–१० को बाराकोटमा मंगलबार&nbsp; दिउसो २ बजे ट्याक्टर दुर्घटना हुँदा कैलालीको टिकापुर नगरपालिका–१ निवासी ट्याक्टरका सहचालक तपेन्द्र पुन मगरको मृत्यु भएको हो ।<br></p><p>सदरमुकाम गोठलापानीबाट झुलाघाटतर्फ गइरहेको से १ त ७०३७ नम्बरको ट्याक्टर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी बैतडीका डिएसपी नेत्रमणी गिरीले जानकारी दिनुभयो ।</p><p>ट्याक्टर सडकबाट करिब ५ मिटर तल खसेको थियो । ट्याक्टर चालक दाङ शान्तिनगर गाउँपालिकाका– ६ घर भएका रमेश चौधरी भने सकुशल रहेका छन् । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।&nbsp;</p>