चैत २२, काठमाण्डौ । भक्तपुरको जडिबुटीमा टिप्परको ठक्करबाट फेरि एकजनाको मृत्यु भएको छ ।

बिहीबार राति २ बजेतिर जडिबुटीको पेट्रोल पम्प अगाडि बा ४९ प ७४४५ नम्बरको स्कुटरलाई टिप्परले ठक्कर दिँदा सिन्धुलीको भिमानका बालकृष्ण कार्कीको ज्यान गएको प्रहरीले जनाएको छ ।

तीनजना चढेको स्कुटरमा रहेका सर्लाहीका जुनबहादुर आचार्य र रौतहटका भरत कार्की घाइते हुनुभएको छ । ठक्कर दिएको टिप्परको खोजी भइरहेको पनि प्रहरीले जनाएको छ ।

गएको बुधबार पनि जडिबुटीमा टिप्परको ठक्करबाट एकजना मोटरसाइकल चालकको ज्यान गएको थियो ।

April 5, 2019
भक्तपुर - BKT, समाज, सर्लाही - SLH
भक्तपुरमा टिपरको ठक्करबाट एकको मृत्यु , २ जना घाइते
By kit
2 मिनेट पढाइ