2026-09-14 01:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीसहित सुदूरपश्चिमका सबै नाका तीन दिनका लागि बन्द हुने

चैत २२, बैतडी (रासस) | भारतसँग सीमा जोडिएका बैतडीसहित सुदूरपश्चिमका सबै नाका तीन दिनका लागि बन्द हुने भएका छन् । यही चैत २८ गते भारतमा हुने लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै नेपाल–भारत सीमानाका बन्द हुने बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिनुभयो ।

भारतको उत्तराखण्ड प्रदेशसँग जोडिएको सुदूरपश्चिमका सबै नाकाहरु चैत २६ गतेदेखि २८ गतेसम्मका लागि बन्द हुने भएका हुन् । भारतको पिथौरागढमा सम्पन्न नेपाल–भारत सीमा सुरक्षा बैठकले उक्त निर्णय गरेको होे ।

सीमाक्षेत्रमा हुने चुनावलाई शान्तिपूर्वक सम्पन्न गर्न, मानव बेचबिखन नियन्त्रण, वन्यजन्तु तथा वनस्पती पदार्थ चोरीशिकारी नियन्त्रण, अवैध मुद्रा कारोबार नियन्त्रण, लागुपदार्थ ओसारपसार रोकथाम, सीमा सुरक्षाका विषयमा सूचना आदानप्रदान गर्ने, सीमामा संयुक्त सुरक्षा गस्ती गर्ने गरिने सन्दर्भमा समेत उक्त बैठकमा छलफल भएको थियो ।

यसका साथै भन्सारमा जाँच र नेपालीले भारतमा पाउँदै आएको पेन्सनलाई सहजरूपमा प्राप्त गर्ने वातावरण सिर्जना गर्ने विषयमा पनि छलफल भएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले