पढ्न करिब 1 मिनेट लाग्छ
<p>चैत २६, रौतहट | रौतहटको देवाही गोनाही नगरपालिका ३ देवाहिटोलमा हावाहुरीबाट एक महिलाको मृत्यु भएको छ ।<br></p><p>मंगलबार बिहान ९:३० आएको हावाहुरीमा धनेशराम चमारकी श्रीमती ६६ वर्षीया रमसखरीया देवीरामको मृत्यु भएको हो ।</p><p>उडाएको घरको टाली खसेर उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । हावाहुरीसँगै आएको असिना पानीले स्थानीयका घरहरुका छाना उडेका छन् भने रुखहरु ढलेका छन् । </p>

