2026-09-19 07:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

जब साँझ पर्छ, अनि थिमि नाच्छ

रमेश गिरी । चैत २६, भक्तपुर । हरेक दिन साँझ परेपछि थिमि नुगु पुखु: अर्थात् दुई पोखरी क्षेत्रमा स्थानीय बासिन्दाको चहलपहल र रौनक थपिन्छ । हरेक दिन साँझ ६ बजे घरभित्र छिरेकाहरु पनि विस्तारै बाहिर निस्कँदै नुगु पुखुतर्फ आउँछन् ।

मध्यपुरथिमि नगरपालिका ४ नुगु पुखुमा केही बेरमै झिलिमिली बत्ती बल्छन् । अनि नेवारी बाजाका रुपमा अति प्रख्यात धिमे बाजाको आवाज सुनिन्छ । ठूलो पर्दामा धिमेको आवाजमा एक पुरुष र एक महिलाको आकृति नाचेको देखिन्छ । 

त्यसपछि  त्यही धिमेको तालमा पूरै थिमि नाच्न थाल्छ ।  दुईदिनदेखि दैनिक यसैगरी थिमि नाचिरहेको छ । स्थानीय बासिन्दा एवं साहित्यकार नवीनप्रकाश श्रेष्ठको परिकल्पना तथा मध्यपुरथिमि नगरपालिकाको सहयोगमा पहिलो पटक शुरु भएको ‘खुला धिमे नृत्य प्रशिक्षण’ सिक्नेका लागि मात्रै नभई हेर्नेका लागि पनि निकै आनन्द छ । धिमेका सयौँ तालमध्ये आइतबारदेखि यही चैत २९ गतेसम्म १५ तालबारे प्रशिक्षण चलिरहेको छ । 

बिस्का अर्थात् बिस्केट जात्रा जति नजिकिँदै छ, चहलपहल पनि त्यत्तिकै बढ्दैछ ।  बिस्केट जात्रामा अनिवार्य रुपमा टोल टोलमा धिमे बाजा बज्छ ।  ‘धिमेको तालमा नाच्न भने कमैलाई आउँछ । धिमे बाजा बजाउनेहरु थपिए पनि धिमेको सयौँ तालमा नाच्नेहरु भने घट्दैछन् ।

त्यसैले धिमेको तालमा नाच्न सिकाउनकै लागि पहिलो पटक भिडियोमार्फत धिमे प्याखँ खुला रुपमा प्रशिक्षण दिन शुरु गरेका हौँ’, परिकल्पनाकार श्रेष्ठ भन्छन् । हरेक वर्ष थिमिमा पनि बिस्केट जात्रा चल्छ तर भक्तपुरमा जस्तो लिङ्गो उठाउने र रथ तान्ने नभई जिब्रो छेड्ने,  सिन्दूर जात्रा र ३२ खटयात्रा चल्छ । थिमिको मूल विशेषता नै यिनै तीन जात्रा हुन्, यसैमा रातदिन गरी अन्य जात्रा पर्छन् । बिस्केट जात्रा बुधबारदेखि शुरु भई आगामी वैशाख ५ गतेसम्म चल्नेछ । 

बिस्केटमा मात्र नभई हरेक जात्रा, पर्व, शुभकार्यदेखि सभासम्मेलन र अतिथिको स्वागतमा समेत बजाइने धिमे बाजाको तालमा नाच्न नजान्दा जात्रा पर्वमा जथाभावी नाच्ने, चिच्याउने तथा हुलहुज्जत गर्ने क्रम बढेकाले नाचलाई व्यव्स्थित गर्दै यसलाई जोगाउन खुला प्रशिक्षण आयोजना गरिएको उनले बताए । 

श्रेष्ठ भन्छन्, ‘धिमेका सयौँ ताल छन्, त्यसमध्ये अहिलेलाई १५ वटा तालमा नाच प्रशिक्षण दिएका छौँ,  बिस्केट जात्रा अगाडि चैत २९ गतेसम्म दुई हजार जनालाई सिकाउने उद्देश्यले खुला प्रशिक्षण दिएका हौँ, यसले पछिल्लो पुस्तालाई नाच हस्तान्तरणसमेत गर्छ र परम्परा जोगाउँछ ।’

हरेक दिन साँझ ६:३० बजेदेखि ८:३० बजेसम्म सञ्चालन हुने धिमे प्याखँ (नाच) मा नागरिकलाई नाचमा साथ दिन नगरप्रमुख मदनसुन्दर श्रेष्ठ, उपप्रमुख अञ्जनादेवी मधिकर्मी, वडा नं ४ का वडाध्यक्ष कुमार श्रेष्ठलगायत पूर्व र वर्तमान जनप्रतिनिधि आइपुग्छन् ।  नागरिकसँंगै जनप्रतिनिधिले पनि धिमे प्याँख सिक्ने गरेका छन् । 

नगरप्रमुख श्रेष्ठ ठूलो सङ्ख्यामा एकै पटक धिमेको तालमा नाच सिक्न सकिने भएकाले यो आकर्षक भएको बताउँछन् । उनी भन्छन्, ‘यसले हाम्रो संस्कृतिको संरक्षण मात्रै नभई नयाँ पुस्तालाई यो नाच हस्तान्तरण पनि गर्नेछ ।’ नाच प्रशिक्षणमा युवकयुवतीदेखि पाको उमेरका नगरवासीको समेत दैनिक रुपमा उल्लेख्य सहभागिता रहने गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई