Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

स्कुल बसको ठक्करबाट एक महिलाको मृत्यु

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

वैशाख ४, वीरगञ्ज । वीरगञ्जमा स्कुल बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका वडा नं १९ नगवा मिथिला नगरकी अन्दाजी गुञ्जन चौरसियाको दिल्ली पब्लिक स्कुलको ना १ क ७७६७ नम्बरको बसको ठक्करबाट मुत्यु भएको हो ।

अलौं माविमा पढाउने उनी चढेको ना २३ प ७९७७ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ पल्टेपछि स्कुल बसले चौरसियालाई किचेको थियो ।

बसको पछाडिको भागले किचेर गम्भीर घाइते उनको नारायणी अस्पतालमा उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए ।

मोटरसाइकल चालक गुञ्जनको छोरा साहिल चौरसिया भने सकुशल छन् । माइस्थानबाट घण्टाघर आउँदै गरेको मोटरसाइकल माइस्थान चोक नजिकै अनियन्त्रित हुँदा मोटरसाइकलको पछाडि बसेकी चौरसिया खसेर विपरीत दिशाबाट जाँदै गरेको बसको पछाडिको चक्कामा परेकी थिइन् ।